गेविन्द घर्ती
रूपन्देही, २८ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टी नवलपरासीले बृहत्त पैदल यात्रा मार्चपास सम्पन्न गरेको छ ।
नेपालको संविधान–२०७२ को सन्दर्भमा भण्डाफोर तथा खवरदारी अभियान अन्र्तगत नवलपरासीको सुनवल देखि परासी सम्म पैदल यात्रा सम्पन्न गरेको हो । बृहत्त पैदल यात्रा तथा मार्चपास परासीको बुद्धचोकमा पुगेर कोणसभा गरी सम्पन्न गरेको हो ।सो अवसरमा बोल्दै पार्टीका महासचिव केशव सूर्यवंशीेले जारी संविधानले आदिवासी जनजाति, मधेशी, दलित तथा पिछडा वर्गको पहिचान मेटाउने काम गरेको बताउनु भयो । उहाले नेपालमा बोलिने सम्पूर्ण भाषालाई कामकाज गर्नुपाउनु पर्नेमा जोड दिनु भयो । उहाले भाषा, संस्कार र संस्कृति विना कुनैपनि जातीको पहिचान हुन नसक्ने र नेपालमा जारी गरिएको संविधानले पहिचान मेटाउने काम गरेको बताउनु भयो ।
संविधानमा भ्रष्टचारको वारेमा कुनै उल्लेख नगरेको हुदा शंसोधन गरेर भएपनि भ्रष्टचारीलाई देशद्रोहको सरह कार्वाहीको लागि संविधानमा उल्लेख गर्नु पर्नेमा जोड दिनु भयो । सचिव सूर्यवंशीले २०७२ को संविधान तीन दलको दस्तावेज भएको आरोप लगाउनु भयो । उहाले संविधान शंसोधन गरी आम नागरिकको अधिकार सुनिश्चित नहुदा सम्म पार्टीले आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाले अहिले राज्यले कालोबजारी गरेकोले कालोबजारी अन्त्यको लागि दवावको आवश्यक रहेको बताउनु भयो । पार्टीका जिल्ला अध्यक्ष तिलबहादुर झेडीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य एवं राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष होमाया गुरुङ्ग, स्थायी समिति सदस्य रुद्रबहादुर गुरुङ्ग, राष्ट्रिय मुश्लिम मोर्चाका केन्द्रिय अध्यक्ष डा. हाजी मोहम्मद हसन, राष्ट्रिय भूतपुर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
पार्टीका जिल्ला सचिव जगतकाजी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
