नायिका नेहा हत्या विवरण चित्त बुझेन :पुन परिवार

Read Time:2 Minute, 55 Second

छानबिन प्रक्रिया फितलो भो 

रूद्र श्रीसमगर
पोखरा, २७ माघ
मगर चलचित्रकी नायिका योरुना पुन नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन् ।

पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन् ।
नेहाका मामा यमप्रसाद थजाली पुनले लाश अर्धनग्न अवस्थामा फेला परेकाले नेहाको बलत्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानवीनको माग गर्नुभएको छ । उहाँले घटनाको पूर्ण रुपमा छानविन गरि दोशीलाई कडा कार्वाही गर्न समेत माग गर्नुभयो । पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पूर्ण रुपमा छानविन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

समाजले नेहाको पोष्ट मार्टम रिपोर्ट सार्वजनिक गर्नु पर्ने, घटनाको सुस्म तबरले छानविन गर्नु पर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, लगाइतका माग राखेका छन् ।
समाजको नेतृत्वमा बिहीबार शान्तिपूर्ण दवाब मुलक ¥याली पनि निकाल्ने भएको छ । ¥याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, लखनचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको हो । नेहाको १८ गते पोखरा–१५ नयाँगाउँमा उनकै घर नजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेहाले सह–नायिकाका रूपमा अभिनय गरेको मगर भाषाको चलचित्र गाउला (गोठालो) दर्शकमाझ आइसकेको छ भने उनको मुख्य भूमिका रहेको अर्को मगर भाषाको चलचित्र यूँपा भने अझै रिलिज भइसकेको छैन । नेहाले १० कक्षामा अध्ययनरत छँदा नै यी दुई मगर चलचित्रमा अभिनय गरेकी थिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %