खानीगाउ निमाबि कल्लाबारीले स्वर्ण महोत्सब मनाउदै

Read Time:4 Minute, 32 Second
तयारी तिब्र पारिएको बिधालयको भनाई

 
देब पचभैया
पाल्पा, माघ २७ – खानीगाउ निम्न माध्यमिक बिधालय कल्लाबारी पाल्पाले आगामी फागुन १४ गते स्वर्णमहोत्सब मनाउने भएको छ ।

  बिधालय ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले स्वर्णमहोत्सब सफल पार्न बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुुर साठीघरेको अध्यक्षता ६५ सदस्सिय स्वर्णमहोत्सब मुल आयोजक समितिको गठन गरेको छ ।


समितिको बैठकले १० वटा बिभिन्न उपसमिति निर्माण गरेको छ । बिधालयका शिक्षक हरी प्रसाद गैरेको अध्यक्षतामा आर्थिक संकलन उपसमिति, शिक्षक कृष्ण बहादुर थापाको संयोजकत्वमा खेलकुद उपसमिति, पत्रकार देब पचभैयाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिक्षक प्रबिण भट्राईको संयोजकत्वमा अतिथि सत्कार र मन्च ब्यवस्थापन समिति, शिक्षक नल बहादुर साठीघरेको संयोजकत्वमा पुरस्कार तथा सम्मान उपसमिति, प्रध्यानाध्यापक यमलाल गैरेको संयोजकत्वमा स्मारिका निर्माण तथा प्रकाशन उपसमिति र बजार ब्यस्थापन उपसमिति, शिक्षक लोकेन्द्र बहादुर सोमैको संयोजकत्वमा सास्कृतिक उपसमिति, शिक्षक धनीमाया थापाको संयोजकत्वमा जलपान ब्यवस्थापन उपसमिति निर्माण गरी तयारी तिब्र पारिएको छ ।

१४ गतेको स्वर्णमहोत्सबलाई सफल पार्नको लागी ९ गते देखि नै बिभिन्न कार्यक्रम हुने बताईएको छ ।

प्रधानाध्यापक यमलाल गैरेका अनुसार ९ गते निमाबि तहको स्रोत केन्द्र स्तरिय हाजिरी जवाफ प्रतियोगिता, १० गते प्राबि तहको बिबिध खेलकुद प्रतियोगिता,

११ गते निमाबि तहको बिविध खेलकुद प्रतियोगिता, १२ गते बौद्धिक एबं साहित्यिक प्रतियोगिता, १३ गते भुपु बिधार्थी, भुपु शिक्षक एबं अभिभावक बिचको  पुर्नमिलन कार्यक्रम हुनेछ । सोही दिन पुरस्कार बितरण एबं सास्कृति कार्यक्रमको समेत आयोजना गरिएको छ ।


१४ गते बिहान  ७ बजे सरस्वति पुजा, १० बजे प्रभातफेरी ,  ११ बजे स्वर्णमहोत्सब उद्घाटन संगै स्वर्ण स्तम्भ अनाबरण, सम्मान एबं सास्कृतिक कार्यक्रमको आयोजना गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साठीघरेले जानकारी दिनुभयो । स्वर्णमहोत्सको अवसरमा बिधालयका सस्थापक, पुर्ब प्रधानाध्यापक, पुर्ब शिक्षक, पुर्ब ब्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारीहरु, बिधालयका चन्दादाताहरु, अक्षयकोष दाता, स्वर्णमहोत्सबका सहयोगी लगाएतलाई पनि सम्मान गरिने बिधालयले बताएको छ । २०२१ सालमा स्थापना भएको खानीगाउ निमाबि कल्लाबारीले आगामी १४ गते मनाउन थालेको स्वर्णमहोत्सबलाई सफल बनाउन सबै  संग सहयोगको आग्रह गरेको छ ।  १४ गते हुने स्वर्ण महोत्सबमा राष्ट्रिय कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने सास्कृत उपसमितिका सदस्य सुमन गैरेले जानकारी दिनुभयो ।


शुरुमा ३ कक्षा सम्म पढाई शुरु गरेको कल्लाबारी निमाबीले २०४१ साल बाट कक्षा ५ सम्म र २०५३ साल देखि ८ कक्षा सम्म पठन पाठन गर्दे आएको छ ।

३ जना स्थाई , ४ जना राहात र दुई निजि गरी ९ जना शिक्षक रहेको खानीगाउ निमाबिमा ढेड सय बढी बिधार्थीले अध्यन गर्दे आएका छन् ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %