रूद्र श्रीसमगर
कुश्मीसेरा, २६ माघ बागलुङ जिल्लाको दक्षिणी भेगको व्यापारिक केन्द्र कुश्मीसेरामा नेपाल मगर बौद्ध सेवा समाज गठन गरिएको छ ।
शनिबार नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन)को प्रमुख आतिथ्यतामा भएको भेलाले समाज गठन गरेको हो ।
खिमा थापामगरको अध्यक्षतामा गठित १२ सदस्यीय नेपाल मगर बौद्ध सेवा समाज कुश्मीसेरा गाउँ समितिको उपाध्यक्षमा मनिकला पुनमगर, सचिवमा रोमा थापामगर र कोषाध्यक्षमा सुनिता थापामगर रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा गंगा रानामगर, नरमाया थापामगर, पदमा थापामगर, कुमारी थापामगर, कुमारी थापामगर, ज्ञानबहादुर थापामगर, कृष्णबहादुर थापामगर, ताराबहादुर थापामगर रहनुभएको छ । कार्यक्रमको सहजीकरण विश्व भाषा क्याम्पस, काठमाडौंका उप–प्राध्यापक विद्यावारिधि शोधार्थी जेबी थापामगरले गर्नुभएको थियो ।
