नेपाल मगर संघ हेम्जा एकाइ अध्यक्षमा लोकबहादुर पुनमगर

Read Time:2 Minute, 7 Second
रूद्र श्रीसमगर


पोखरा, २६ माघ नेपाल मगर संघ हेम्जा एकाइ समितिको आठौं अधिवेशन तथा १४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा लोकबहादुर पुनमगर चयन हुनुभएको छ ।

 
मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रूद्रबहादुर थापामगर, सचिवमा गंगा थापामगर, सह–सचिवमा शान्ति रानामगर र कोषाध्यक्षमा डा. तेजकुमारी रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा तोरणबहादुर रानामगर, कल्पना थापामगर, प्रेमबहादुर थापामगर, वसन्त रानामगर, बासमती श्रीसमगर, सरिता रानामगर, मीनबहादुर रानामगरलगायत चयन हुनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलकबहादुर रानामगरले मगर जातिको आदिम भूमि मगरातलाई तीन टुक्रा पारिएकोमा आक्रोश व्यक्त गर्नुभयो । मगर जातिको इमान्दारिता र सोझोपनको फाइदा उठाएर राज्यले सधैं मगर जातिलाई उत्पीडन गरेको आरोप लगाउँदै रानामगरले नयाँ संविधानले मगर जातिको ऐतिहासिक थातथलोलाई छिन्नभिन्न पारेको बताउनुभयो ।

 

सो अवसरमा विशेष अतिथि नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कर्णबहादुर थापामगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर, पूर्व सचिव कृष्णाकुमारी श्रीसमगर, कोषाध्यक्ष कृष्णा पुनमगर, निवर्तमान एकाइ अध्यक्ष क्षेत्रबहादुर रानामगर, उपाध्यक्ष चन्द्राकुमारी थापामगर, सचिव विना थापामगरलगायतले बोल्नुभएको थियो ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %