सोनु थापा मगर
बुटवल, माघ २६
प्रथमशहिद लखन थापा मगर अक्षयकोष २०५६ , रुपन्देही र नेपाल मगरसंघ
जिल्ला जिल्ला समिति रुपन्देही तथा नगर समितिका पदाधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
आज मंगलबार रुपन्देहीमा बसेको बैठकले लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेपनि सरकारले उनको स्मृतिमा कुनै पनि कार्यक्रम तथा गतिवीधि नगरेको निष्कर्ष निकालेको छ । साथै आगामी फाल्गुण २ गते बुटवल लखनचोक चौराहामा रहेको नेपालका प्रथम शहीद मगरको शालिकमा पूष्प माल्यार्पण तथा साँझ प्रत्येक घर–घर र सार्बजनिक स्थलमा दिप प्रज्वलन गरेर शहीद स्मृति दिवस मनाउने पनि निर्णय गरेको छ ।
विगतमा झै समारोेह गरेर नमनाउने पनि बैठकले निर्णय गरेको छ । कोषका अध्यक्ष माथवरसिङ्ग सलामी मगरको अध्यक्षतामा भएको बैठकमा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सदस्य कमल थापा , मगर संघ तिनपाका अध्यक्ष प्रेम थापा मगर , नेपाल मगर रेडियो कर्मीसंघ रुपन्देहीका अध्यक्ष सनु थापा मगर , कमला थापा मगर , हुम बहादुर थापा मगर लगायतले बैठकमा आफ्नो धारणा राख्नु भएको थियो । बैठक सचिव ताराप्रसाद छन्तेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
