तामाङ समुदायले ल्होसार मनाए

Read Time:2 Minute, 36 Second
सोनु थापा मगर
 
बुटवल, माघ २६  तामाङ्ग समुदायले २८५२ औं सोनाम ल्होसार बुटवल लगायत देशैभर विविध कार्यक्रम गरी मनाएका छन् ।
 
यस अबसरमा तामाङ्ग घेदुङ जिल्ला समिति रुपन्देहीले पनि आज मंगलबार बुटवलमा मुल समारोह गरेर भब्यरुपमा ल्होसार मनाएका छन् । सो अबसरमा बोल्ने बक्ताहरुले जारी संविधानले आदिवासी जनजाति , दलित , मुस्लिम लगायत पछाडी परेका वर्ग , समुदायको अधिकारलाई अझै निमोठ्ने काम गरेको बताए ।
 
अधिकार प्राप्तिको लडाइ जारी नै रहेकोमा उनीहरुले जोड दिए । संघका अध्यक्ष वीर बहादुर लामा गोम्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी निमित्त स्थानिय विकास अधिकारी पुस्करप्रसाद अधिकारी , पुर्वराज्यमन्त्री प्रकास चित्रकार, तामाङ्ग घेदुङका केन्द्रिय सदस्य वीरमान लामा , संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका जिल्लाअध्यक्ष झम बहादुर गुरुङ्ग , एमालेका जिल्ला उपाध्यक्ष सिवराज सुवेदी,एमाओवादीका मनोज राना , एमाओवादी क्रान्तिकारीका जिल्ला संयोजक भूलबहादुर सुनारी मगर , विप्लव माओवादीका खगेन्द्र पोडेल ,राप्रपाका शेरबहादुर गौतम , आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक मास्की राना , आदिवासी जनजाति महासंघका उपाध्यक्ष कृष्ण मोक्तान , नेपाल मगरसंघका जिल्ला उपाध्यक्ष गीता सारु , थकाली सेवा समितिका जिल्ला अध्यक्षथकाली सेवा समितिका जिल्ला अध्यक्ष शिबप्रसाद शेरचन , वीर बहादुर धिसीङ लगायतले बोल्नु भएको थियो । कार्यक्रम कुमार तामाङको स्वागत तथा देवी तामाङको सञ्चालनमा सम्पन्न भएको थियो।
 
कार्यक्रम पूर्व पुष्पलाल पार्कबाट भू.पू. कल्याण क्लब देविनगरसम्म शान्ति र्याली निकालिएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %