गेविन्द घर्ती
रुपन्देही,माघ २६ । रुपन्देहीको देवदहमा प्रथम प्रथम १० किलोमिटरको म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यको लागि दौड भन्ने नारका साथ लियो क्लव अफ बुद्धमावलीको आयोजना र लायन्स क्लव अफ बुद्धमावलीको सहयोगमा उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा कोण नं १९ को रामबहादुर कार्कीले ३९ मिनेटमा दुरी पार गर्दै प्रथम हुन सफल भएको छ ।
त्यसैगरी कोण नं ७० का अजय कुर्मीले ४० मिनेटमा निधारित दुरी पारगर्दै द्धितिय र कोण नं ५८ का यमबहादुर घर्तीले ४१ मिनेटमा निर्धारित दुरी पारगर्दैै तृतिय हुन सफल भएको छ । त्यसैगरी महिला तर्फ भएको म्याराथुन प्रतियोगितामा रविना राना प्रथम हुनुसफल भएको छ । प्रतियोगितामा प्रथमले १० हजार, द्धितियले ७ हजार, तृतियले ५ हजार र महिला तर्फ प्रथम हुनेले ३ हजार प्राप्त गरेको छ । देवदह खैरेनीबाट शुरु भएको म्याराथुन शितलनगर, भवानीपुर, नगरपालिका, कोलुवा हुदै खैरेनीमा आएर सम्पन्न भएको थियो । प्रतियोगितामा पुरुष तर्फ एक सय जना र महिला तर्फ १० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लियो क्लव अफ बुद्धमावलीका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता र लायन्स क्लव अफ बुद्धमावलीका अध्यक्ष होमनाथ ढुंगानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताका विजयी धावकलाई पुरस्कार वितरण गर्दै अध्यक्ष ढुंगानाले एक आपसमा आत्मियता बढाउन म्याराथुन प्रतियोगिताले मद्दत पु¥याएको बताउनुभयो । प्रतियोगिता सम्पन्न पार्न विभिन्न संघसंस्था, व्यक्तिहरुले सहयोग गरेका थिए ।
लियो क्लव अफ बुद्धमावलीका उपाध्यक्ष ईश्वर पौडेलको स्वागत र टिवी सुनारको संचालन भएको प्रतियोगितामा देवदहका समाजसेवी, खेलकुद प्रेमीहरुको सहभागिता रहेको थियो ।
