गेविन्द घर्ती
रूपन्देही, माघ २६ । देवदह मदर टङ्गस एकेडेमीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विद्यालयको १७ औं बार्षिकोत्सवको अवसरमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा लुम्विनी अञ्चल अस्पतालका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. भुवन पौडेल, पेट,घाती, मुटु, दम तथा स्त्रीरोग विशेज्ञ डा. किरण खनाल, आम्दा अस्पतालका शिशुतथा वालरोग विशेज्ञ डा. सन्तोष पोखरेल, स्त्री तथा प्रसुती विशेज्ञ डा. राजेन्द्रले विरामीहरुको चेकजाच गर्नु भएको थियो ।
स्वास्थ्य शिविरमा नेपाल फर्माष्टिकल ल्याव, बुटवल, सकृय फार्मा बुटवले सहयोगीको भूमिका निर्वाह गरेको थियो । शिविरमा विद्यार्थी, स्थानीवासी गरी २ सय ५६ जनाले चेकजाच गराउनु भएको विद्यालयले जनाएको छ । उद्घाटन कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गले स्वास्थ्य शिविरको औचित्य माथि प्रकाश पार्दै विद्यालयले सामाजिक क्रियाकलापमा सक्रिय भूमिका निभाई रहेको बताउनु भयो । प्रिन्सिपल गुरुङ्गले विद्यालयको १७ औं बार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरुको स्वास्थ्य चेकचाज गर्ने हेतुले स्वास्थ्य शिविरको आयोजना गरेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका टौबहादुर गुरुङ्गको अध्यक्षता र सहयाक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
