काठमाडौँ, १२ फागुन
संविधानसभा, संवैधानिक समितिको आज बिहान बसेको बैठकमा राज्य पुनःसंरचना आयोग गठन, संविधान निर्माण प्रक्रियालाई सहजरूपमा अगाडि बढाउन उप समिति गठन एवम् शान्ति प्रक्रियाका बारेमा छलफल भयो ।
संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका शीर्ष नेतृत्वहरु सहभागी भएको सो बैठकमा सहभागीहरूले ती विषयमा दलहरुका दलगत धारणा राखेको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनले भने “राज्य पुनः संरचना आयोगले नै राज्यको पुनः सरचना गर्नुपर्छ ।”
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधानलेखन कार्यलाई अगाडि बढाउन उपसमिति निर्माण गर्नु राम्रो भएको बताए ।