नेपाल लोकतान्त्रिक भुजेल संघ कास्की अध्यक्षमा पूर्णबहादुर भुजेल

Read Time:4 Minute, 23 Second

रूद्र श्रीसमगर
पोखरा, २३ माघ
नेकपा (एमाले)निकट नेपाल लोकतान्त्रिक भुजेल संघ कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पूर्णबहादुर भुजेल चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ढकमाया भुजेल, सचिवमा दानबहादुर भुजेल, सह–सचिवमा ध्रुव भुजेल र कोषाध्यक्षमा हेमबहादुर भुजेल चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा हरि भुजेल, लक्ष्मी भुजेल, अनुप भुजेल, रश्मी भुजेल, बुद्धिराम भुजेल र बद्रीराम भुजेल चयन हुनुभएको छ ।
अधिवेशनले प्रेमबहादुर भुजेल (वडा नं. ३), बिलबहादुर भुजेल, शम्भु घर्ती र भक्त घर्तीलाई सल्लाहकारमा चयन गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य वेदबहादुर गुरुङ ‘श्याम’को संयोजकत्वमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष दलबहादुर गुरुङ, सचिव चेतबहादुर गुरुङ, भक्त भुजेल, र दिलबहादुर भुजेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज मानबहादुर जिसीले नेकपा (एमाले) सबै जात÷जाति र समुदायको साझा पार्टी भएको बताउनुभयो ।
सो अवसरमा नेकपा (एमाले)का निवर्तमान राष्ट्रिय प्रतिनिधि परिषद् श्रीनाथ बराल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य वेदबहादुर गुरुङ ‘श्याम’, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका कास्की जिल्ला अध्यक्ष दलबहादुर गुरुङ, नेकपा (एमाले) कास्की क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, क्षेत्र नं. १ का क्षेत्रीय सदस्य ज्ञानु भुजेल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेल, नेपाल राष्ट्रिय वाणिज्य महासंघ जिल्ला कमिटी सचिवालय सदस्य प्रेमबहादुर भुजेल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका सचिव चेतबहादुर गुरुङ, आदिवासी जनजाति युवा महासंघ, नेपालका केन्द्रीय सदस्य भक्तकुमार भुजेल, नेकपा (एमाले) वडा नं. १७ का अध्यक्ष सुवास ढुंगाना, भुजेल समाज सेवा समितिका वडा नं. ६ एकाइ सचिव हरि भुजेल, भुजेल समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार शम्भु घर्ती, प्रेमबहादुर भुजेललगायतले बोल्नुभएको थियो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला सदस्य तथा नेपाल लोकतान्त्रिक भुजेल संघ कास्की इञ्चार्ज विष्णुमाया थापा भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष दलबहादुर गुरुङले भुजेल समाज कास्कीको निर्माणाधीन बहुउद्देश्यीय भवनका लागि २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण समेत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %