यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता, विन्ध्यवासिनी यातायातको बस माघ २८ गतेदेखि चल्ने

Read Time:2 Minute, 26 Second

रूद्र श्रीसमगर

पोखरा, २३ माघ
यातायात व्यवसायीहरूको अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको छ । प्रशासनसँग शनिबार भएको वार्तामा ९ बुँदे सहमति भएपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा व्यवसायीहरूसँग बसेको बैठकपछि अनिश्चितकालिन गण्डकी क्षेत्र बन्दको कार्यक्रम माघ २७ गतेसम्म स्थगित गरिएको छ । विन्ध्यवासिनी बस व्यवसाय समितिले २७ गतेसम्म आफ्ना गाडीहरू सञ्चालन नगर्ने गरी आपसी छलफलबाट समस्याको समाधान गर्ने गरी २७ गतेसम्मका लागि बन्दको कार्यक्रम स्थगित गरिएको पृथ्वी राजमार्ग बस व्यवसायी संघका महासचिव योगेन्द्र केसीले जानकारी दिनुभयो ।
विन्ध्यवासिनी यातायात बस व्यवसाय समितिका अध्यक्ष समबहादुर गुरुङले वार्ताका लागि सहज होस् र आम सर्वसाधारणलाई समस्या नहोस् भनेर २७ गतेसम्म आफ्ना गाडीहरू सञ्चालन नगर्ने निर्णय गरेको बताउनुभयो । विन्ध्यवासिनी यातायातका महासचिव रामचन्द्र अधिकारीले माघ २८ गतेदेखि नियमित रूपमा विन्ध्यवासिनीका गाडी पोखराका सडकमा गुड्ने जानकारी दिनुभयो ।
पोखरा क्षेत्रमा विगत लामो समयदेखि यातायात क्षेत्रमा काम गर्दैै आएका पोखराका व्यवसायीहरूले पोखरामा रुट इजाजत दिएको बिरोधमा शनिबारैदेखि गण्डकी क्षेत्रको यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका थिए । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातयात व्यावसायी समन्वय समितिको अगुवाइमा बिहीबारदेखि आन्दोलित भएका व्यवसायीहरूले शनिबार बिहान ५ बजे देखि गण्डक क्षेत्र अनिश्चितकालिन बन्दको घोषणा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %