मगर संघको बैठक सम्पन्न

Read Time:1 Minute, 37 Second

२३ माघ 

नेपाल मगर संघ देवदह नगरसमितिको बैठक सम्पन्न भएको छ । बैठकले ३४ औं स्थापना दिनवस ( फागुन–१५) भव्यरुपमा मनाउने निर्णय गरेको छ । मगर स्थापना दिवसको अवसरमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने संघले निर्णय गरेको छ । भलिवल सम्पन्न गर्न नेपाल मगर युवा संघका अध्यक्ष विनोद थापामगरलाई संयोजकको जिम्मेवारी दिईएको छ । मगर स्थापना दिवसको अवसरमा जना बयोवृद्धलाई सम्मान गर्ने संघका अध्यक्ष लालबहादुर दर्लामीले जानाकारी दिनु भयो । त्यसैगरी बैठकले टेकबहादुर पुलामीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, श्रीप्रसाद पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, कृष्ण थापामगरको संजोकत्वमा सांस्कृतिक उपसमिति, उमाया थापामगरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, खरसिं श्रीषको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । बैठकले ३४ औं मगर स्थापना दिवसको अवसरमा मगर दिवसको औचित्य सम्वन्धी अन्तक्रिया गर्ने निर्णय गरेको संघले जनाएको छ । संघका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षता, उपाध्यक्ष शोभा थापाको स्वागत र सचिव जसु पुनको संचालनमा बैठक सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %