रुपन्देही सेवा समाज ईजरायलले देवदह अपाङ्ग सेवा समाजलाई सहयोग

Read Time:1 Minute, 48 Second

२३ माघ

रुपन्देही सेवा समाज ईजरायलले देवदह अपाङ्ग सेवा समाजलाई सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारको लागि ईजरायल गएका रुपन्देहीका युवाहरुले प्लाष्टिक रहीत झोला तयारको लागि समाजलाई सहयोग गरेको हो ।

समाजलाई एक कार्यक्रमका वीच रुपन्देही सेवा समाज ईजरायलले ६८ हजार १ सय ११ रुपैया सहयोग गरेको हो । साथै सोही अवसरमा देवदह क्षेत्रमा रहेका करिव २५ जना अपाङ्गालाई लत्ताकपडा वितरण गरेको छ । रुपन्देही सेवा समाज ईजरायलका संस्थापक सल्लाहकार कृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नमराज परी, उद्योग बाणिज्य संघका गोपाल ढकाल, नेपाली काग्रेसका दिल्लीराज मरासिनी, नेकपा माओवादी क्रान्तिकारीका मेघनाथ पौडेल, अपाङ्ग सेवा समाजका सल्लाहकार वालकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ऋषिराम रेग्मी, देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष राधीका भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । खगेन्द्र सुवेदीको स्वागत र कृष्ण न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %