उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाको तेश्रो बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

Read Time:3 Minute, 27 Second

गोविन्द घर्ती
रुपेन्देही , माघ २३

आत्मनिर्भरताको लागि उत्पादन क्षेत्रलाई जोड दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले औद्योगकरण विना देशको आर्थिक विकास हुन नसक्ने बताएका थिए ।

उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाको तेश्रो बार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्योग तथा व्यापार संगठनहरुले उपभोक्ताहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाले रुपन्देहीको देवदह दुध उत्पादनको क्षेत्र भएपनि दुधको सही मूल्य पौप्त गर्न नसक्दा उपभोक्ताहरुले महंगोमा दुध किन्नु परेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगको विकासले मात्र युवाहरुलाई बैदेशिक पलायन हुनबाट बचाउन सकिनेमा जोड दिनु भयो । उद्योग व्यापार संगठन देवदह शाखाका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय महासचिव डम्वरदेव अर्याल, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेकपा एमालेका विद्यालक्ष्मी गुरुङ्ग, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग बाणिज्य संघका गोपाल ढकाल, देवदह खानेपानी तथा सरससफाई उपभोक्ता समितिका अध्यक्ष नमराज पुरी, कोलिय बचत तथा ऋण सहकारी संस्थाका सुवकान्त न्यौपाने लगायतले बोल्दै उद्योग व्यापारीहरु देशको आर्थिक स्तर बृद्धि गर्न लाग्नु पर्नेमा जोड दिएको थियो । सो अवसरमा संगठनलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका सचिव मेघराज ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष गणेशकुमार खातीको स्वागत र सचिव मेधराज ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले गोविन्द ठड्राईको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेशकुमार खाती, मेघजा ढकाल, सचिवमा रामप्रसाद गैरे, सहसचिवमा थानेश्वर लम्साल, कोषाध्यक्षमा विष्णुप्रसाद शर्मा, रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शिवप्रसाद ढकाल, अमृतबहादुर फुलेल, दिपक श्रेष्ठ, प्रकाश काप्mले, सिता कुवर, दुर्गादेवी राना, दुर्गाप्रसाद श्रेष्ठ, दुर्गा रुचाल, प्रेम थापा चयन हुनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %