विन्ध्यवासिनी यातायातको नयाँ बस सञ्चालनमा

Read Time:2 Minute, 35 Second

 विन्ध्यवासिनी यातायातको विरोधमा पूराना व्यवसायीको सडक अवरोधले सर्वसाधारणलाई सास्ती

पोखरामा विन्ध्यबासिनी यातायातका बस संचालनमा आएका छन् । समितिले सेवा शुभारम्भको अवसरमा तिन दिन सम्म सेवाग्राहीलाई निःशुल्क सेवा दिने जनाएको छ । 

यसैबीच, पोखरामा शुक्रबार भाडाका सार्वजनीक सवारीसाधनहरु चलेनन् । जसका कारण पोखराका सर्वसाधारणलाई समस्या परेको छ ।
पोखराका विभिन्न ठाउँबाट यात्रु लिएर आएका पोखरा नगर बसले लखनचोकमा ल्याएर एक्कासी यात्रु झार्दा यात्रुहरु केही अन्यौलमा परे भने केही आक्रोशित पनि बनेका थिए ।
वास्तबमा पोखरामा शुक्रबारदेखि संचालनमा आएको विन्दवासिनी यातायात बस संचालक समितिका बस संचालनको विरोधमा पोखरा नगर बस संचालक समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेर बाटोमा बस रोकेका हुन् ।
पोखराको मूख्य चोकमा सवारी रोकेर गरिएको आन्दोलनले बाग्लुङ पर्वत, स्याङ्जा लगायत आसपासका क्षेत्रबाट आएका सवारीसाधन पनि चलेनन् ।
यसैबिच नगर बस व्यवसायी समितिको आन्दोलनमा ट्याक्सी व्यवसायी समितिले पनि समर्थन जनाएर पोखरामा गुड्ने ट्याक्सी पनि बाटोमा तेर्साइएको थियो ।
यता, पोखरामा आएको बिन्दबासिनी यातायात ब्यवशायी समितीले नया बस सञ्चालन गरेको विरोधमा शनिवारदेखि पृथ्वी राजमार्ग अन्तर्गत चल्ने सम्पूर्ण बसहरु नचल्ने समितिका अध्यक्ष ऐनकुमार शाहीले जानकारी दिनुभएको छ । आफुहरुले विगत लामो समयदेखि यात्रुहरुलाई विभिन्न बाधा ब्यवधानका बिच पनि सुविधा दिदै आएकोमा हाल आएर यातायात ब्यवस्था बिभागले मनपरी रुपमा बस सञ्चालनका लागी रुट परमिट जारी गर्दा आफुहरुलाई मान्य नभएकाले आफुहरुको समितीबाट सञ्चालन हुने वसहरु सञ्चालन गर्न असमर्थ रहेको शाहीको भनाइ रहेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %