नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध जातीय मोर्चाहरूको एकता अधिवेशन सम्पन्न

Read Time:3 Minute, 43 Second

अखिल मगर मोर्चामा थापा, तमु मोर्चामा बुद्धिराम र छन्त्याल मोर्चामा बमबहादुर संयोजक

रूद्र श्रीसमगर
पोखरा, २२ माघ
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध तीन वटा जातीय मोर्चाहरू एक भएका छन् ।
शुक्रबार पोखरामा पूर्व नेकपा–माओवादी तथा नेकपा (एकीकृत) एक भइ क्रान्तिकारी माओवादी बनेपछि पार्टीसम्बद्ध जातीय मोर्चाहरूको एकता अधिवेशन सम्पन्न भएको हो ।
जसमा पूर्व माओवादीनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र एकीकृतनिकट नेपाल मगर स्वशासित संघ (एकीकृत), तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) र नेपाल तमु स्वशासित संघ (एकीकृत) तथा छन्त्याल राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल छन्त्याल स्वशासित संघ (एकीकृत)बीच एकता भइ क्रमशः अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, अखिल तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल र अखिल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चा नेपाल बनेका छन् ।
जसमा ७५ सदस्यीय अखिल मगर मोर्चाको महाधिवेशन आयोजक समिति संयोजकमा लोकबहादुर थापामगर, सह–संयोजकद्वयमा भीमबहादुर श्रीसमगर र भूलबहादुर सुनारीमगर, ५१ सदस्यीय अखिल तमु मोर्चाको महाधिवेशन आयोजक समिति संयोजकमा बुद्धिराम तमु, सह–संयोजकद्वयमा लालकाजी तमु र आरबी तमु तथा १५ सदस्यीय अखिल छन्त्याल मोर्चाको महाधिवेशन आयोजक समिति संयोजकमा बमबहादुर छन्त्याल र सह–संयोजकमा खगेन्द्र छन्त्याल रहनुभएको छ ।
यसअघि, एकता अधिवेशनको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवं संगठन ब्यूरो सदस्य केबी गुरुङले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूबीच एकता र धु्रवीकरणको आवश्यकता औंल्याउनुभयो ।
सो एकता अधिवेशनलाई क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सचिवालय सदस्य एवं अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुरेश आलेमगर, केन्द्रीय सचिवालय सदस्य केशबहादुर परियार, केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजक हरिबहादुर चुमान ‘अजित’, केन्द्रीय सदस्य एवं कोचिला राज्य सह–संयोजक लालबहादुर सुस्लिङमगर, केन्द्रीय सल्लाहकार भूलबहादुर सुनारीमगर, अखिल नेपाल आदिवासी जनजाति महासंघका सचिव फुर्बा राई, लोकबहादुर थापामगर, बमबहादुर छन्त्याल, बुद्धिराम तमु, दलबहादुर छन्त्याललगायतले सम्बोधन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %