मगर चलचित्रकी नायिका नेहाका हत्यारालाई फाँसी दिन माग

Read Time:2 Minute, 44 Second

प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउमा हजारौं उपस्थित

रूद्र श्रीसमगर
पोखरा, २१ माघ
गत मंगलबार हत्या गरी फालिएको अवस्थामा भेटिएकी पोखरा–१५, नयाँगाउँ, ऋषिमार्गनिवासी मगर चलचित्रकी नायिका १९ वर्षीया योरुना पुन (नेहा)का हत्यारालाई कारबाही माग गर्दै पोखरेलीहरूले बिहीबार पोखरामा प्रदर्शन र प्रशासन घेराउ गरेका छन् ।

पोखरा उप–महानगरपालिका वडा नं. १५ महिला समन्वय समिति, पुन मगर समाज, पोखरा, एमएमआर, रामबजार युथ क्लब तथा पोखरा र लेखनाथका विभिन्न आमा समूहको अगुवाइमा आयोजित जुलुस प्रदर्शनमा हजारौंको संख्यामा पोखरेलीहरू सहभागी थिए । पोखराको चिप्लेढुंगाबाट सुरु भएको जुलुस महेन्द्रपुल, भीमसेनचोक, नयाँबजार, लखनचोक, नागढुंगा, एयरपोर्ट, मुस्ताङचोक, राष्ट्रबैंकचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि पुगेको थियो ।

जुलुसमा सहभागीहरूले नेहाका हत्यारालाई फाँसी दे, शान्ति, सुरक्षा कायम गर, नेहालाई न्याय दे, हत्याको निष्पक्ष छानविन गरलगायतका नारा लगाएका थिए । प्रशासन घेराउका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङ, रामबजार युथ क्लबका अध्यक्ष वीरेन्द्र पुनलगायतले हत्यारालाई कडा सजायँ दिन माग गरेका थिए ।

यसैबीच, हत्याको विरोधमा नेपाल मगर संघ कास्की, नेपाल मगर महिला संघ कास्की तथा बागलुङ–पोखरा मगर समाजले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् । मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर तथा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले विज्ञप्तिमार्फत् हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गर्नुभएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %