पोखराको यातायात क्षेत्रमा लामो समयदेखिको सिण्डिकेट तोडियो

Read Time:3 Minute, 3 Second

पोखराको बजारमा तीन दिन निःशुल्क बस चढ्न पाइने
पोखरा, २१ माघ
लामो समयदेखिको सिण्डिकेट तोड्दै पोखराका सडकमा अब बिन्दबासीनि यातायात बस व्यवसायी समितिका बस गुड्ने भएका छन् । शुक्रबार देखि पोखराको छोरेपाटनबाट तीन बटा बस लामाचौरका लागि छुट्ने पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जारी दिइएको छ ।
छोरेपाटनबाट छुट्ने बस बिरौटा, एयरपोर्ट, लखनचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नदीपुर, इञ्जिनियरिङ क्याम्पस हुदै लामाचौरसम्म पुग्ने छ । समितिले अहिले तत्कालका लागि ३ वटा बसबाट सेवा दिने जनाएको छ । समितिले सेवा सुरुवातको अवसरमा तिन दिन विन्दबासीनी यातायतका सवारी चढ्ने यात्रुलाई निशुल्क सेवा दिने समितिका अध्यक्ष समबहादुर गुरुङले जानकारी दिनुभयो । विन्दबासीनी यातायात बस व्यवसायी समितिले सुविधासम्पन्न बस संचालनको अनुमतिको लागि २०६९ साल कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो तर अबरोधका कारण बस संचालनमा आउन सकेको थिएन । तर २०७२ माघ १५ गते समितिलाई सवारी संचालन अनुमति दिएपछि २२ गतेबाट पोखरामा विन्दबासीनि यातायातको बस संचालनमा आउन लागेको हो । आफुहरुलाई लामो समय सम्म अबरोध गरेपनि अन्ततः सवारी संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा स्तरीय बस मार्फत यात्रुहरुलाई सुविधा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको समितिका सचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले आफुहरु व्यवसाय गर्न आएको र राम्रो सँग व्यवसाय संचालन गर्ने पक्षमा रहेको जानकारी दिनुभयो । विवाद गर्न आफूहरु यो क्षेत्रमा नआएको उहाँको भनाइ छ ।
यता, गण्डकी धौलागिरि अञ्चल यातायात व्यवसायी समन्वय समितिले विन्ध्यवासिनी यातायात बस व्यवसायीलाई दिइएको रुट इजाजतको विरोध गर्दै आन्दोलनको घोषणा गरेको छ । अध्यक्ष वसन्त प्रधानले एक विज्ञप्ति जारी गर्दै पोखरामा बढ्दो सवारी चाप नियन्त्रणका लागि ध्यान दिनुको साटो रहस्यमयी ढंगले रुट इजाजत दिइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %