सच्चा सहीदलाई १३९ बर्षपछी सहि सम्मान

Read Time:12 Minute, 42 Second

बिजय हितान ,

सती प्रथा उहिल्लै हटे पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ । सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेकाहरु पनि नेपाल सहिदले सरापेको देश भन्थे ।अन्तत्व ढिलै भए पनि एक कर्मठ सहिदलाइ पहिचान गर्दै राज्यले ठुलो सम्मान टक्र्याएको छ । २०७२ असोज ३ गते सरकारद्वारा नयाँ संबिधान घोषणा गर्नुको साथै सहिद लखन थापामगरलाई १३९ बर्षपछी नेपालको प्रथम सहिदको पगरी गुठाइएको छ । ईतिहासमा तिरस्क्रित शहीद एक युगपछी बल्लबल्ल यसरी पुरस्क्रित भए । अब सरापहरु सप्पै हटेर आसिर्बाद लाग्छ कि नेपाल आमालाई कतै !
लखनले राणाशासन बिरुद्द गोर्खाको बुङकोटमा जनबिद्रोहको तयारी गरेका थिए । त्याँहाका स्थानिय बुढाहरु भन्थे- लखन जोसमनी धर्म गुरु थिए, औतारी थिए, र उनले चिताएको पुग्थ्यो । जंगबहादुरले लखनलाई मृत्युदण्द दिएपछी ‘त जंगे पनि मेरो मृत्युको सातदिन पछी मर्छस’ भनी सराप दिएका थिए रे । १८ फेब्रुअरी १८७७ मा लखनलाई झुन्डाइएर मारियो भने त्यसै महिनाको २५ तारिख जंगबहादुरको पनि रहस्यमय ढंगले मृत्यु भयो । उपन्यास ‘सेतो बाघ’ मा जंगबहादुरको मृत्यु एक सेतो बाघको टोकाइबाट हुनसक्ने चित्रण गरिएको छ । उक्त सेतो बाघ भनेर तिनै लखनलाई सङ्केत गरिएको हुनसक्छ । अर्को जनधारणा के पनि छ भने जंगबहादुर जनजातिका छोरी-चेली माथि आँखा लगाउँथे ।

एक मगरको श्रीमतीसँग सुतेको भेटेपछी तिनको पोइले जार भनेर जंगबहादुरलाई छप्टाइदिएको भन्ने जनश्रुती सुनिन्छ । तिनै काट्ने ब्यक्तिलाई उपन्यासमा ‘सेतो बाघ’ को सङ्ग्या दिइएको आसङ्का गर्नसकिन्छ ।
प्रथम सहिदको घोषणा एकदमै सम्बेदनसिल घडीमा गरिएको छ । यसले नेपालको भाबी राजनैतिक छितिज नै अर्कै दिशातिर मोडिनसक्ने भनेर पहिचानबादिहरु आसङ्कित देखिन्छन । केही पाउन केही त गुमाउनै पर्छ । मगरात प्रदेशलाई चारतिर बिखण्डन गरिने गरी संबिधान घोषणा गरेपछी मगरात आन्दोलनकर्तालाई मुखमा बुझो लगाउन प्रथम सहिदको घोषणा गरिएको तत्थ्यलाई नकार्न सकिन्न । त्यसो त अैलेसम्म राज्यसत्ताद्वारा अपहेलित र मरणासन्न खपाङ्गिलाई स्वयम प्रधानमन्त्रि के पि वोली भेटन गएर उपचार्थ उल्लेखनिय आर्थिक सहयोग प्रदान गरिनुलाई पनी एक राजनैतिक गोटी चालिएको भनेर भन्न सकिन्छ ।

उपन्यासमा कल्पना गरिएका ति सेता बाघहरु जागेर लखनलाई प्रथम सहिद बनाउन अहिलेसम्म सङ्घर्षपूर्ण लँडाइ लडे । तिनै सेता बाघहरुको मद्दतले जनयुद्द मार्फत राजातन्त्र जस्तो बलियो पर्खाललाई भत्काएर संघियताको स्थापना सम्भव भयो । अब फेरी तिनै सेता बाघहरु अैलेको राज्यसत्तामा एकल जातिय पक्कडलाई फितलो न पारुन भन्नका खातिर लखनलाई प्रथम सहिद घोषणा गरिदिएर रणनितिको बल्छी फालेको बुझिन्छ । २०६२/६३ को जस्तो सत्ता परिवर्तन गराउने खालको जनआन्दोलन फेरी न दोहरियोस भन्ने उद्देस्यले पनि यस्तो पासा फालिएको हुनसक्छ ।

लखनलाई नेपालको प्रथम सहिद घोषणा गरिनु एक ऐतिहासिक निर्णय थियो । यसका सङ्कास्पद अनी नकारात्मक मात्रै होइनन सकारात्मक पक्ष पनि छन । एक सिक्काका दुई पाटा त हुन्छन नै । सङ्ख्याले गणितमा मात्रै होइन राजनीतिमा पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । आदिबासी जनजाती मध्ये मगर जाती जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो समुदाय हो । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र भनेर हालै संबिधान संसोधन गरिएको अवस्थामा यसले बिशेष भूमिका खेल्नेछ । संघियता, समाबेसि र पहिचान जस्ता मुद्दाहरुको सबैभन्दा पहिला मुल फुटाउने खपाङी, हितान, एम एस, सुरेश, बमकुमारी जस्ता पुराना पुस्ताका मगर नेताहरु हुन । त्यसलाई निरन्तरता दिएका नयाँ पिंडिका नेताहरु शिवलाल, रामबहादुर, नन्दकिशोर, बर्षमान, ओनसरी, महेन्द्र इत्यादी हुन । हालै जारी प्रथम सहिद घोषणा तिनै मगर नेताहरुको पनि सम्मान हो भनेर लिन सकिन्छ । फल्सरुप सरकारले गरेको यो निर्णयलाई समाबेसिय राज्यसत्ता प्रणालिको सुरुवात मान्न सकिन्छ । यसरी चालिएको पाइलालाई सङ्कास्पद तरिकाले हेरिनु भन्दा हालै घोषित संबिधानको कार्यनयनको प्रारम्भ हो भनेर जान्दा सबैको भलाई हुन्छ ।

लखनलाई प्रथम सहिदको श्रिपेच पहिराउन पर्छ भन्दै बर्षौं अघिदेखी थुप्रै ब्यक्ती तथा संघसंस्थाहरु खटिए । यस घोषणाको अर्को फाईदा भनेको ति आन्दोलनकर्ताहरुले राहत प्राप्त भएको महसुस हो । सुरुमा सिमित समुदाय मात्रैका सम्पत्ति ठानिएका लखनलाई यस राष्ट्रिय सम्मानपस्चात सम्पूर्ण नेपालिको बिभुती भएको महसुस गरिएको छ । यसले सबैलाई आत्म सन्तुष्टी प्रदान गरेको छ । यस निर्णायक घडीले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँधने काम गर्नेछ भनेर आशाबादी हुन जरुरी देखिन्छ ।

तर यो सम्मान सजिलै भने पाइएको अवस्य होइन । एकपछी अर्का सरकारलाई दबाब दिने सङ्घर्षपूर्ण कार्यक्रमहरु नभएकाभए यो सम्भव थिएन । यसको श्रेय देस बिदेसमा छरिएर रहेका बिभिन्न ब्यक्ती तथा संगठनहरुलाई जान्छ । २०६५ मा स्थापित प्रथम सहिद लखन थापामगर प्रतिस्ठानले छोटो कार्यकालमा थुप्रै जनचेतनामुलक कार्यक्रमहरु ल्यायो । स्मृति दिवस मनाउने, स्मारिका प्रकाशन गराउने, बुङ्क्कोटमा लखनको नाममा स्कुल स्थापना र स्मारक निर्माण गर्ने, सांसद र अन्य बिग्यहरुमाझ अन्तर्कृया गर्ने बिभिन्न कृयाकलापहरु गरिए । रोल्पाको थबाङलाई जन आन्दोलनको अखाडा मानिए जस्तै गोर्खाको बुङ्कोटलाई लखन बिद्रोहको जन्मभुमी भनेर चिनिन्छ । बुङ्कोटको काउले-भङगार टोलमा लखनले किल्ला निर्माण गरेर २००० युवालाई सैनिक तालिम दिएका थिए । यस्तो ऐतिहासिक स्थानलाई सम्रक्षण र सम्बर्धन गर्दै पर्यटकिय क्षेत्रमा बिकास गर्ने अवधारणा लिएर प्रतिस्ठानले एक परीयोजनाको खाका तयार पारेर सरकारलाई बुझायो ।

त्यसैगरी नेपाल मगर संघ र देस बिदेसमा रहेका यसका भात्रिसंस्थाहरुले बिभिन्न कार्यक्रम मार्फत जनमानसमा लखनको निस्वार्थपूर्ण र साहसिक देनलाई चिनाउने प्रयास गरे । बेलायत मगर संघले बर्षेनी लखन फुटबल कप खेलाउछ र लखन स्मृति दिवस मनाउछ । तर सन २०१२ देखी आदिबासी जनजाती महासंघ बेलायतले नेपालबाट जनजाती नेता झिकाएर र नेपाली राजादुत जस्ता बिशेष ब्यक्तीमाझ स्मृति दिवस मनाउन लाग्यो । यसबर्ष त महासंघले पहिलोपल्ट नेपाली राजदुतावासमै लखनलाई सम्झने कार्यक्रमको आयोजना गर्दैछ । प्रतेक बर्ष राजादुतावसमा लखनलाई प्रथमा सहिद घोषणा गरिन पर्छ भनी निरन्तर ग्यापन पत्र बुझाइँदै आइएको छ । यसरी महासंघको छत्रछायाँमा यसले ब्रिहत प्रचारप्रसार पाउंदै आएको छ । अन्य राष्ट्रहरुमा पनि मगर संघ र आदिबासी जनजाती महासंघको सहकार्यमा यस्ता कृयाकलाप गरेको पाईन्छ ।

क्रमश लखनलाई पहिलो सहिद घोषणा गरिनुपर्छ भनेर सडकमा आन्दोलन र सँसदमा बहस चल्न थाल्यो । पोखरामा तात्कालिन कास्की जिल्ला मगर संघका अध्यक्षको मातहतमा लखनको सालीक ठडाउने निकै शाहसिक कार्य भयो । त्यसैगरी बुटवल र पाल्पामा पनि लखनको मुर्ती स्थापना भयो । सांसद शिवलाल थापामगरले संबिधान सभामा लखनलाई प्रथम सहीद घोषणा गरिन पर्छ भनी प्रस्ताव ल्याइ सर्बसम्मबाट पारीत गराउनु भयो । सरकारसँग बिरोधाभास राख्नुभन्दा सहकार्य गरे केही पाइंदो रहेछ भन्ने यो एक ज्वालन्त उदाहरण हो । अर्को तिर बौदिक छेत्रका मानिसहरु लखनको बारेमा ऐतिहासिक खोजी र मेडिया क्याम्पेन जारी राखे । देसी बिदेसी विश्वाबिद्यालयका विद्यार्थीहरुले यस बिषयमा शोधपत्र पेश गर्नथाले । ड हर्षबहादुर बुढाले लखनको जीवनमा आधारित खोजपूर्ण पहिलो किताब प्रकासित गरे एता ५ – ७ अरु किताबहरु बजारमा निस्किसकेका छन । यि पुस्तकहरुले लखन एक सहीद त थिए नै यद्धपी प्रथम शहीद पनि हुन भन्ने बलिया प्रमाणहरु पेश गरे ।

यसरी प्राप्त सफलताको श्रेय हामी माझ मात्रै बाँडने होइन । लखन सँगै शहादत प्राप्त गरेका उनका सहयोगिहरु- जयसिङ चुमीमगर्, सुकदेव गुरुङ, सुपती गुरुङ्, ज्ञान दिलदास्, कानु लम्साल साथै २००० फौजी युवाहरू, स्थानिय समुदाय इत्यादिले दिएको योगदानलाई पनि यस पुनित घडीमा सम्झनु पर्छ । लखनले सुत्रपात गरेको भौतिक आन्दोलनलाई त बन्दुकले दबाइयो तर यसको गहिरो छाप त्यसपछिका नेपाली जनतामा गढिनै रह्यो । फल्सरुप धन्दै ६० बर्ष पछी चार सहीदहरु- धर्मभक्त, गंगालाल, सुक्रराज, दसरथको सहादतपस्चात नेपालमा प्रजातन्त्रको उदय भइ नै छोड्यो । यि महान ब्याक्तिहरुलाई पनि भुल्न भएन ।

लखन प्रति अब हाम्रो सच्चा स्रदान्जली भनेको- प्रतिस्ठानलाई बैधानिक मान्यता प्रदान गरी सरकारी कोषको स्थापना, बुङ्कोट परीयोजनालाई यथासिघ्र कार्यनयन अनी हामी सबै बुङ्कोट भ्रमण गरी त्याँहाको साक्षात अनुभव बटुल्नु हो जस्तो मलाई लागेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %