देवदहमा अवैध ढुंगा निकासी ट्याक्टर पक्राउ

Read Time:1 Minute, 51 Second

गोविन्द घर्ती
माघ २१ । रुपन्देहीको देवदहमा अवैध ढुंगा सहीतको ट्याक्टर पक्राउ गरेको छ । देवदह प्रहरी चौकीको गस्ती टोली र बुद्ध सामुदायिक वन उपभोक्ता समुहको संयुक्त गस्ती टोलीले उक्त अवैध ढुंगा सहितको ट्याक्टर पक्राउ गरिएको हो । बुद्ध सामुदायिक वन क्षेत्रको खोलाबाट राती अवैध रुपमा ढुंगा निकासी गरिरहेको अवस्थामा उक्त ट्याक्टरलाई पक्राउ गरिएको देवदह प्रहरी चौकीका ईन्चार्ज गिरीराज अर्यालले बताए ।
देवदह क्षेत्रको सामुदायिक वन क्षेत्रबाट अवैध ढुंगा वालुवा निकासी रोक्नको लागि गरिएको गस्ती टोलीले अवैध ढुंगा सहीतको ट्याक्टरलाई नियन्त्रणमा लिएको बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेक बहादुर थापाले जानाकारी दिए ।
अवैध ढुंगा सहीतको ट्याक्टरलाई पक्राउ पछि कानुनी कार्वाहीको लागि अगाडि बढाईएको देवदह प्रहरी चौकीले जनाएको छ । अवैध ढुंगा सहीत पक्राउ गरिएको ट्याक्टर सुनवल–७, ज्यामिरे निवासी गंगाप्रसाद पौडेलको रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेको ट्याक्टरलाई कानुनी कार्वाहीको लागि जिल्ला विकास समिति रुपन्देहीमा पठाउन लागिएको देवददह प्रहरी चौकीले जानाकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %