भन्छन् “खाजा खाने पैसा छैन, उपचार र लालनपोषण कसरी गरु ”
देब पचभैया
पाल्पा, माघ २० – एकै पटक चार सन्तान जन्माएका धु्रकोट २ गुल्मीका २६ बर्षिय गिता कुवर र उनका श्रीमान् जनक कुवरले आफुहरुको आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीको उपचार र पालनपोषणमा सहयोग गर्न आग्रह गरेका छन् ।
गएको पौष ३० गते लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा शल्यक्रिया मार्फत जन्मिएका चार मध्ये दुई शिशुको अहिले पनि उपचार भैरहेको छ ।अस्पतालमै साढे एक लाख बढीको बिल आएको भन्दै २७ बर्षिय जनक कुवरले आफुसंग खाजा खाने समेत खर्च नभएको बेला अस्पतालमा तिर्न र छोराछोरी घरमा लगेर पालन पोशन गर्ने अवस्था नभएको जानकारी दिनुभयो । आफु संग भएको ३५ हजार अस्पताललाई बुझाएको भन्दै बाकी रकम चुतmा गर्न अस्पतालले तारन्तार भनिरहेपनि आफुसंग पैसा नभएको उहाको गुनासो छ ।
पैसा नै नभएपनि अस्पतालमा शिशुहरुको उपचार भैरहेको तर अस्पताल बाट घर लगे गाउमा उनीहरुको झन बिचल्ली हुनेभएकाले बच्चाको तौल नपुग्दा सम्म भएपनि अस्पतालकै वरिपरि राख्न पाए राम्रो हुने उहाको भनाई छ ।
अस्पतालमा लागेको खर्च खेतबारी बेचेर तिरेपनि चार शिसुको लालनपालनमा कसरी गर्ने भनेर चिन्तामा डुबेको उहाको भनाई छ ।
अस्पतालका कम्पनी सचिब निर्दोश खनालले सुत्केरी हुनु अघि १ महिना अस्पताल बसेको खर्च, शिशु र आमालाई क्याबिनमा राख्दा लागेको सबै खर्च मिनाहा गरिदिएको जानकारी दिनुभयो ।
अस्पतालका डाक्टरले चार शिसुमध्ये एक जनाको अवस्था गंभिर रहेको जानकारी दिएका छन् । गएको पौष ३० गते शल्यक्रिया मार्फत १.५, १.२८, १.७३ र १.२१ किलोग्रामका चार शिशुको जन्म भएको थियो । अहिले दुई शिशुको एन्आईसियुमा राखेर उपचार भैरहेको छ भने दुई शिसु आमाको साथमा अस्पतालमै राखिएको छ ।
