नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि विभिन्न समिति गठन

Read Time:3 Minute, 23 Second
देब पचभैया

पाल्पा, माघ २० – नेपाली कांग्रेसको १३ औ महाधिवेशन नजिकिए संगै पाल्पा जिल्लामा जिल्ला अधिवेशनको चहलपहल बढ्न थालेको छ । अधिवेशन नजिकिए संगै नेताहरुले कार्यकर्ता भेटघाट तथा उमेद्धवारी घोषणामा व्यस्त हुन थालेका छन् ।

यस्तै नेपाली कांग्रेस पाल्पाले पार्टीको १३औं जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला सभापति वीरबहादुर रानाको अध्यक्षतामा बुधबार तानसेनमा बसेको वैठकले विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रेस प्रमुख झपिन्द्र गैरेका अनुसार कोषाध्यक्ष शंकर खनालको संयोजकत्वमा सदस्यहरु क्षेत्रीय सभापतिहरु सन्तोष थापा, कृष्णप्रसाद बस्याल र रामबहादुर कार्की रहेको आर्थिक समिति गठन भएको छ । यस्तै जिल्ला सदस्य एवं नेपाल तरुणदल पाल्पाका अध्यक्ष मेजरसिंह केसीको संयोजकत्वमा मञ्च व्यवस्थापान समिति, जिल्ला सदस्य शान्ता बोहोराको संयोजकमा स्वागत समिति, जिल्ला कमिटीका सहसचिव बलबहादुर रानाको संयोजकमा आवास तथा भोजन व्यवस्थापन समिति र जिल्ला सदस्य एवं पार्टीका प्रेस प्रमुख झपेन्द्र गैरेको संयोजकत्वमा प्रचारप्रसार समितिको गठन गरेको छ ।

पाल्पाका सभापति वीरबहादुर रानाले बैठकमा हालसम्म भएका जिल्ला कार्य समितिको आम्दानी खर्चको अनुमोदनका साथै यस अवधिमा पार्टीलाई सहयोग पु¥याउने सम्पूर्ण संघसंस्था, राजनीतिक दल, प्रशासन, मानवअधिकारकर्मी, नागरिक समाज, वुद्धिजीवी र संचारकर्मीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताए ।

जिल्लाको क्षेत्रीय अधिवेश कहाँ–कहाँ हुदैछ ?

नेपाली कांग्रेस पाल्पाको क्षेत्रीय अधिवेशन २२ गते जिल्लाको विभिन्न स्थानमा हुँदैछ । नेका पाल्पाका अनुसार क्षेत्र नम्बर १ को अधिवेशन जब्गादी, क्षेत्र नम्बर २ को तेल्घा र क्षेत्र नम्बर ३ को अधिवेशन पालुङमैनादीको बतासेमा हुनेछ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ५ हजार ३३ जना क्रियाशील सदस्यहरु रहेका छन् भने दुई वटा नगरपालिका र ६० गाउँ समितिका सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु सहित साढे सात सय बढीले जिल्ला अधिवेशनमा भाग लिने पार्टी कार्यालयले जनाएको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %