अमर तुम्याङ
काठमाडौँ, १९ माघ २०७२
बहुभाषिक शिक्षा समाज, नेपालको तर्फबाट भाषाशास्त्री तथा शिक्षाविद् अमृत योञ्जनको अगुवाइमा नेपालका विद्यालयहरुमा बहुभाषिक शिक्षा अविलम्ब लागू गर्न माग गर्दै एक ज्ञापनपत्र बुझाएको छ ।
नेपालका मातृभाषाहरुमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी गरी पठनपाठन गर्नुपर्ने, मातृभाषा शिक्षाको शिक्षक कोटा निर्धारण गर्नुपर्ने, त्रिभुवन विश्व विद्याल विद्या परिषदले पारित गरेको लिम्बु, तामाङ, अवधी, भोजपुरी र तिब्बती भाषालाई उच्च मा.वि.मा पठनपाठन गर्नुपर्ने लगायत अल्पकालीन ११ बुँदा र दीर्घकालीन ८ बुँदा गरी १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।
शिक्षा मन्त्री पोखरेलले शिक्षा मन्त्रालयका मातहतका निकाय मार्फत तुरुन्त प्रगति विवरण माग गर्दै मागहरु कार्यान्वयन गर्नुका साथै नयाँ शिक्षा नीतिमा यसलाई समावेश गर्ने आश्वासन दिनुभएको थियो ।
रमाइलो के भने भाषाविद तामाङ र शिक्षा मन्त्री पोखरेल कुनै बेलाका एकै कार्यालयका सहकर्मी थिए ,तामाङ राज्यको एकल जातिय भाषा निती बिरुद्ध मात्री भाषाको जीवन रक्षाको लागि निरन्तर संघर्षरत छन ,विदम्बना राज्यले अझै न्याय दिन सकेको छैन भने शाशक जातिका पोखरेल अहिले नेपालका आदिवासी जनजातिका भाषालाई पनि खस नेपाली सरह मान्यता दिने कि नदिने भन्ने पदमा आशिन छन ।
उक्त अवसरको रमाइलो प्रसँगबारे भाषाविद तामाङले आफ्नो अतितका सम्झना फेसबुकमा यसरी सस्मरण गराएका छन –
आजको भेटघाट निकै रमाइलो भयो। शिक्षा मन्त्रीज्यु आफैले मेरो परिचय गराउनु भयो। उहाँले २०४२-२०४५ सालतिरको कुरा सम्झनु भयो। ‘गर्जन’ साप्ताहिको कुरा गर्नु भयो। त्यस पत्रिकाको म प्रकाशक र सम्पादक थिएँ। वर्तमान माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रधान सम्पादक र मन्त्री पोखरेल सम्वाददाता थिए। ‘गर्जन’ साप्ताहिकमा पञ्चायतको विरोधमा समाचार तथा विचार छापिन्थ्यो। म मुद्दा खेप्थे। नारायणकाजी जेलमा सडथे। गिरीराजमणी समाचार बोकेर कुदाकुद गर्दथे। पारिजात दिदीका कहाँ हाम्रो भेटघाट र वहस हुन्थ्यो। कुराकानीको क्रममा मन्त्रीज्युले पारिजात दिदीलाई पनि सम्झनु भयो।
वहुभाषिक शिक्षा (मातृभाषाको शिक्षा)मा उनले निकै चासो देखाउनु भयो। हाम्रा कुरा गम्भिर भएर सुन्नु भयो। मातृभाषाका पनि बोर्डिङ विद्यालयहरु छन् भन्ने थाहा पाए पछि विद्यालय हेर्ने चासो देखाउनु भयो। वहुभाषिक शिक्षाबारे तुरुन्त छलफल गराउन आदेश पनि दिनु भयो।
हामीले मातृभाषा र वहुभाषिक शिक्षाका सम्बन्धमा १८ बुदे ज्ञापनपत्र बुझायौं। मेरा नेतृत्वमा मधेस, पहाड र हिमाली भेकका २२-२३ जना मातृभाषी भाषाविद्, शिक्षाविद्, पत्रकारहरु र लेखकहरु सहभागी थिए।
source:Tamangonline.com,Facebook-Amrit Yonjan Tamang
