आधारभूत उद्घोषण तालीम समापन

Read Time:1 Minute, 53 Second
सोनु थापा मगर

बुटवल , माघ १८ – नेपाल मगर बुहारी संघ बुटवल उपमहानगरपालीका बुटवल – १० सुख्खानगरले सञ्चालन गरेको आधारभूत उद्घोषण तथा ब्यक्तित्व विकास तालिमको आज सोमबार बुटवलमा एक कार्यक्रमका बीच समापन गरिएको छ ।

संघका अध्यक्ष ज्योती थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका उपाध्यक्ष गिता सारु , नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीका सह–सचिव केशरी तरामु , नेपाल मगर संघ बुटवल उपमहानगरपालीका वडा नं – १० ईकाई समितिका अध्यक्ष थर्क बहादुर बाह्रघरे मगर ,संघका सल्लाहाकार नरसिङ्ग काउचा मगर , प्रशिक्षक सनु थापा मगर ,प्रशिक्षार्थी द्वय अञ्जु राना र नितु राना लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेतृत्व विकास तालिमले महिलाहरुलाई सामाजिकरुपमा शसक्त बनाउन सहयोग गर्ने धारणा राख्नु भयो । तालीममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्नु पर्नेमा पनि बक्ताहरुले जोड दिनुभयो । संघका उपाध्यक्ष चुचु थापाको स्वागत तथा सचिव लक्की चिडीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालीमलाई सञ्चारकर्मी द्वय सनु थापा र कमल थापाले सहजीकरण गर्नुभएको थियो ।
 
तालीममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहनुभएको थियो ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %