बिधालय बाट भागेर पोखरा पुगेका २ बालक अभिभावकको जिम्मामा

Read Time:1 Minute, 33 Second

देब पचभैया

पाल्पा, माघ १८ – ६ दिन अधि बिधालय बाट भागेर पोखरा पुगेका पाल्पाका २ बालकलाई सोमबार अभिभावकको जिम्मा लगाईएको छ ।

मदन आश्र्रित निमाबि सिलुवा ४ पाल्पामा कक्षा ६ मा पढ्ने १३ बर्षिय चेतन चिदि र कक्षा ५ मा पढ्ने ११ बर्षका गोपाल चिदिलाई पोखराबाट पाल्पा ल्याएर अभिभावकको जिम्मा लगाईएको हो । गएको १२ गते बिधालय गएका उनीहरु घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

पोखराको पृथीबी चोकमा अलपत्र परेका उनीहरुलाई स्थानिय बाल हितकारी परियोजनाले भेटाएपछि महिला तथा बालबालीकाको कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने बेस पाल्पालाई खबर गरेका थिए । ति दुई सस्थाका प्रतिनिधि पोखरा पुगेर दुई बालकलाई प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पोखरा भेटिएका गोपाल चिदिका बुवा ४३ बर्षिय यमबहादुर चिदिको जिम्मा लगाई उनीहरुलाई घर पठाईएको हो ।

दुई बालकले पोखरा सहर घुम्नको लागी बस चढेर गएको बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %