तल्लो नयाँ गाउँको रक्तदानमा ४३ युनिट रगत संकलन

Read Time:2 Minute, 5 Second

रूद्र श्रीसमगर
पोखरा, १६ माघ
तल्लो नयाँ गाउँ टोल विकास संस्था र जनजागृति आमा समूह, पोखरा–१५ को संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ ।

सहिद दिवसका अवसरमा अन्नपूर्ण उपभोक्ता सहकारी संस्था लिमिटेड, जनजागृति युवा क्लब र अन्नपूर्ण बाल क्लबको सह–आयोजना तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले जनजागृति युवा क्लबका अध्यक्ष नवीन बानियाँलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
तल्लो नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष क्या. नरेश थापाले विगतका वर्षमा जस्तै सहिद दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र, पोखराका प्राविधिक प्रमुख महेन्द्र केसीले स्वस्थ व्यक्तिको खेर जाने रगत अरूका लागि जीवनदान हुन सक्ने बताउनुभयो ।
टोल विकास संस्थाका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा वनविज्ञान अध्ययन संस्थान कर्मचारी संघ पोखरा क्याम्पसका सभापति मोहन शर्मा, तल्लो नयाँ गाउँ टोल विकास संस्थाका सचिव तेज बानियाँ, जनजागृति आमा समूहकी कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %