नेपाल मगर संघ ढुंगेपाटन अध्यक्षमा क्या.पुन, युवा अध्यक्षमा छन्त्याल

Read Time:2 Minute, 30 Second

रूद्र श्रीसमगर

लेखनाथ, १६ माघ

नेपाल मगर संघ ढुंगेपाटन एकाइ समिति, लेखनाथको तेस्रो अधिवेशनबाट अध्यक्षमा क्या.भक्तबहादुर पुनमगर निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिक्षा पुनमगर, सचिवमा सकबहादुर पुनमगर, सहसचिवमा दुर्गबहादुर थापामगर र कोषाध्यक्षमा टेकमान बुढाथोकीमगर चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा भाइरती थापामगर, माया काउछामगर, नरमाया पाण्डेमगर, ज्योति थापामगर, डिट्ठाबहादुर पुनमगर, पार्वती थापामगर, प्रेमबहादुर पुनमगर, हेमा शेरपुजामगर, गीता पुनमगर, कृष्णबहादुर पुनमगर रहनुभएको छ ।

यसैबीच, सोही अवसरमा रूद्रबहादुर छन्त्यालमगरको अध्यक्षतामा नेपाल मगर युवा संघ, ढुंगेपाटन एकाइ समिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा विजय गर्बुजामगर, सचिवमा लुकु पुनमगर, सहसचिवमा जीवन भुजेलमगर र कोषाध्यक्षमा चुनम पाइजामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा पुष्कल पाइजामगर, पुष्पा थजालीमगर, तारा पुर्जामगर, रमेश पुनमगर, कुमार श्रीसमगर र युवराज पुनमगर रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको देशले नयाँ संविधान पाउनु सकारात्मक भएपनि संविधानले मगर जातिलाई अन्याय गरेको भन्दै गुनासो गर्नुभयो । मगर जातिको थातथलोलाई विभाजित बनाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष रानामगरले मगरात भूमिलाई एकीकृत गरी मगरात स्वायत्त प्रदेश बनाइनुपर्ने माग राख्नुभयो ।

सो अवसरमा नेपाल मगर संघ, कास्कीका सहसचिव संगीता पुनमगर, जिल्ला सदस्यहरू कमला थापामगर, बुद्धिमाया थापामगर, धनकुमारी डिसुवामगर, चन्द्रबहादुर पुनमगर, टिकाराम पुनमगर, झमबहादुर पुनमगरले पनि बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %