देब पचभैया
पाल्पा, माघ १६
बांदर लखेट्ने क्रममा लडेर घाईते भएका एक बालकको पाल्पामा ज्यान गएको छ । घर नजिकैको तरबारी बारीमा आएको बांदर लखेट्दा शुक्रबार बेलुकी लडेर घाईते भएका तेल्घा पाल्पाका ११ बर्षिय बिशाल चिदिको उपचारको क्रममा शनिबार बिहान मिशन अस्पताल तानसेनमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको टाउकोमा गंभिर चोट लागेको स्थानियले बताएका छन् ।
बांदर लखेट्दा लडेर पाल्पामा एक बालकको मृत्यु
Read Time:40 Second
