जनमुक्ति पार्टीले सरकारको भण्डाफोर गर्ने

Read Time:1 Minute, 48 Second

गोबिन्द घर्ती

बुटवल , माघ १० – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको लुम्विनी थारुहट राज्य समितिको बैठक बुटवलमा सम्पन्न भएको छ ।

बैठकले जारी संविधानमा आदिवासी, जनजाति, दलित, मधेशी, पिछडावर्ग लगायतको अधिकार स्थापित नभएको भन्दै भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले भण्डाफोर संगै अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

सोही कार्यक्रम अन्र्तगत माघ १५ गते नवलपरासीमा, १६ गते पाल्पामा, १७ गते रुपन्देहीमा, १८ गते कपिलवस्तुमा, १९ गते दाङ्ग र २२ गते बाके बर्दियामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । बैठकमा पार्टीका महासचिव केशव सूर्यवंशी, उपाध्यक्ष रविन्द्र उच्च नेपाली, संगठन विभाग प्रमुख रामु परियार लगायतले बोल्दै कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

संघीय परिषद सदस्य अशोक पुनको अध्यक्षतामा बसेको बैठकमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, वाके बर्दिया, दाङ्गका संघीय परिषद सदस्यहरुको सहभागिता रहेको थियो । तिलबहादुर झेडीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %