दुर्घटना पछि हराएका चालक मृत भेटिए

Read Time:2 Minute, 5 Second

प्रहरी अधिकृत भन्छन् नभागेको भए ज्यान बच्ने थियो

देब पचभैया

पाल्पा, माघ १० – एक महिलाको ज्यान जाने गरी हिजो बेलुकी झडेवा पाल्पामा भएको जिप दुर्घटनामा हराएका चालक आज बिहान मृत भेटिएका छन् । चिदिपानी ७ का २७ बर्षिय जिप चालक  गंगाधर सापकोटा दुर्घटनास्थल देखि शय मिटर नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिपमा रहेका सामान खोज्ने क्रममा स्थानियले आज बिहान शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटना लगत्तै प्रहरी र स्थानियले खोजबिन गरेकै स्थानमा आज मात्रै शब भेटिएपछि प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरेको प्रहरी नायब उपरिक्षक सुमन तिमिल्सिनाले जानकारी दिनुभयो ।

अनुसन्धानमा खटिएका प्रहरी नायक निरिक्षक प्रकाश सिंखडाले दुर्घटना लगत्तै भागेर ओडारमा बसेका चालक राती जिप पल्टिएको स्थानमा आउदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ ।

शरिरका बिभिन्न स्थानमा चोट लागेर  घाईते भएका उनको चिसोकै कारण ज्यान गएको हुन सक्ने सिंखडाले बताउनुभयो । नभागेको भए उनको ज्यान जोगिने प्रहरीको भनाई छ ।  

बुटवल बाट गोठाडी जादै गरेको लु १ ज २०९२ नम्बरको जिप झडेवा ६ खापुक भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा गोठाडी ७ की ३३ बर्षिया तिल कुमारी बाह्रघरेको घटनास्थलमा ज्यान गएको थियो भने २२ जना घाईते भएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %