मधेश आन्दोलन अझै लम्बिन्छ : एमाले नेता पौडेल

Read Time:1 Minute, 36 Second

देब पचभैया

पाल्पा, माघ १० – नेकपा एमालेका पोलिटब्युरो सदस्य बिजय पौडेलले बिगतमा नेताहरु डिल्ली गएर लम्पसार परेकोले अहिले भारतले नेपाललाई हेपेको बताउनुभएको छ । 

बर्तमान समस्या समाधानको लागी भारतसंगको सम्बन्धमा सुधार गर्नेपर्नेमा जोड दिदै उहाले उत्तरी नाका पनि तत्काल खोल्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी पाल्पाले शनिबार बेलुकी तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मधेशमा भएको आन्दोलन तत्काल नरोकिने बताउनुभयो ।  

ठोस मुद्धा बिनाको आन्दोलनलाई आफुलाई मात्रै मधेसी ठान्नेहरुले नेतृत्व गरेकोले ति मागहरु कहिल्यै पुरा नहुने उहाको जिकिर छ । बेतुकको आन्दोलन  अहिले जबरजस्ती लतारिको आन्दोलन बनेको भन्दै उहाले आफै जारी गरेको संबिधान कार्यान्वयन गर्नको लागी नेपाली काग्रेस बाधक बने पनि आरोप लगाउनुभयो ।  

कालाबजारी नियन्त्रण गर्न बर्तमान सरकार असफल भएपनि स्वाभिमानको सवालमा सरकार कडारुपमा पेश भएकाले दुखै पाएर भएपनि सरकारलाई आम जनताले समर्थन गरेको उहाको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %