गोरेबहादुरलाई सरकारको १० लाख सहयोग

Read Time:1 Minute, 7 Second

काठमाडौं, ३० पुस । केपी शर्मा ओली नेतृत्वको सरकारले मा पूर्वमन्त्री गोरेबहादुर खपांगीमगरलाई १० लाख सहयोग गरेको छ ।

 
सडक दुर्घटनापछि लामो समयदेखि अर्धचेत अवस्थामा उपचाररत खपांगीमगरसँगको भेटमा प्रधानमन्त्री ओलीले सहयोग गर्ने वचन दिएका थिए ।
दुर्घटनालगत्तै आर्थिक अवस्था कमजोर भएका गोरेबहादुरको उपचारका लागि देशविदेशबाट झन्डै डेढ करोड जति सहयोग संकलन भएको थियो । त्यहि रकमले उनलाई सिंगापुर लगेर उपचार गरेपछि अहिलेको अवस्थामा फर्किएका हुन् ।
गोरेबहादुरको उपचारमा सहयोग पुर्याउन हुमबहादुर पचभैंया थापाको अध्यक्षतामा ‘गोरेबहादुर खपाङगी फाउण्डेशन २०७२’ मा सहयोग गठन गरिएको थियो । गोरेबहादुर खपाङगी फाउण्डेशन २०७२’ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %