देवदह न पाको आ ब २०७३/७४ को बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 56 Second

गोबिन्द घर्ति

पौष २९ । देवदह नगरपालिकाले आर्थिक बर्ष २०७३/०७४ को बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ । पर्यटक, कृषि र पुर्वाधार समृद्ध देवदहको मूल आधार भन्ने मुल नाराका साथ नगरपरिषदद्धारा स्वीकृत नीति तथा योजना तर्जुमा बजेट सार्वजनिकरण गरिएको हो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता र रुपन्देहीको क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले ७ करोड ७६ लाख, १४ हजार बरावरको बजेट प्रस्तुत गरेका थिए ।
प्रस्तुत बजेट अनुसार १ करोड ११ लाख प्रशासन र ६ करोड ६५ लाख १४ हजार विकास र पुर्वाधार तर्फ विनियोजन गरेको अधिकृत घिमिरेले बताए । सोही विनियोजित रकम मध्ये पुर्वाधार तर्फ १ करोड ९५ लाख, प्रवर्धनात्मक विकास तर्फ ६३ लाख ९५ हजार, साझेदारी स्थानीय विकास तर्फ ८७ लाख १७ हजार र लक्षित वर्ग तर्फ ८६ लाख ९ हजार आर्थिक बर्ष २०७३/०७४ को लागि बजेट विनियोजन गरिएको अधिकृत घिमिरेले बताएका छन । त्यसैगरी देवदहको विकासको लागि विभिन्न नितिगत कार्ययोजना तयार गरेको समेत घिमिरेले बताए ।
सो अवसरमा बोल्दै सांसद रज्जाकले स्थानीय निर्वाचन नभएका कारण विकास निर्माणले फड्को मार्न नसकेको बताए । रज्जाकले स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा राजनैतिक दलहरुको सहमतिमा विकास निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिए । रज्जाकले विकासको लागि राज्यको मुख ताक्नु भन्दा स्थानीय स्तरमा रहेको श्रोत साधनको प्रयोग गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला विकास समितिको योजना अधिकृत विष्णु ढुंगाना, बौद्ध विश्वविद्यालयका तिलक आर्चाय, लुम्विनी विकास कोषका ईन्जिनीयर चन्द्र भक्त श्रेष्ठ, बुटवल उपमहा नगरपालिकाका बरिष्ठ अधिकृत विजय भूर्तेल, देवदह नगरविकासका अध्यक्ष दिल्लीराज मरासिनी लगायतले बोलेका थिए ।
त्यसैगरी नेपाली काग्रेसका हिरा बहादुर खत्री, क्रान्तिकारी माओवादीका नमराज पुरी, एमालेका सिद्धिचरण भट्टराई, एमाओवादीका कृष्ण ढकाल, राप्रपाका माधव रिमाल, एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, वडा नागरिक मञ्चका खेमनारायण अधिकारी, भगवती गैरे, डम्वर बहादुर थापा, विमल पोखरेल लुम्विनी विकास कोषको गुरुयोजनामा देवदहलाई समावेश विना लुम्विनीको विकास अधुरो हुने बताएका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत गंगा पन्थीको स्वागत र सुरज पोखरेलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %