जन्म दिनको उपहार भुकम्प पीडितलाई

Read Time:4 Minute, 7 Second

मगर संघ इजरायलकी बरिष्ठ उपाद्क्ष्य मगर चेलीले आफ्नो  र हजुरवुवाको जन्म दिनको शुभ अवसर पारी गोरखाको बारपाकमा रहेका भुकम्प पिडितलाई न्यानो लुगा सहयोग गरेकी छिन । 

इजरायल ,
रोजगारीकालागि लामो समयदेखि इजरायलमा रहेकी रुम- ६ म्याग्दीकी विष्णु पुनले आफ्नो र आफ्नो ९१ बर्षिय हजुरवुवाको जन्म दिनको शुभ अवसर पारी गत २०१५ बैशाख १२ गते गएको आम विनाशकारी भुकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा घरवार विहिन भई चिसोमा कठ्राग्रिएर जीवन मरणको अवस्थामा पुगेका असहायहरुको सहयोगकालागि रु एक लाख रुपैया सहयोग गरेकी छिन् ।

इजरायलवाट भुकम्प गएपश्चात करिव १ करोडको हाराहारीमा आर्थिक सहयोग संकलन भएपनि हिउदमासको अहिलेको कठांग्रिदो जाडोमा उक्त रकम उपयोग हुन नसकेको भन्दै दुख प्रकट गर्दै आफ्नो र आफ्नो हजुरवुवाको जन्मदिनको अवसर पारी बारपाकमा रहेका भुकम्प पिडितहरुको न्यानोकोलागि पठाएको नेपाल इजरायल डट नेटलाई बताइन । पुनले त्यतिमात्र गरिनन् इजरायलमा रहेका अन्य सहयोगी मनहरुसँग स्वेच्छिक सहयोग संकलन समेत गरेर कुल १ लाख ५० हजार रुपैया नेपालमा पठाइसकेको बताइन ।

उक्त रकमबाट कम्वल, मोजा, टोपी, बच्चाबच्चीहरुको लागि न्याना कपडा, लगायतका सामाग्रीहरु वितरण गरिने योजना रहेको बताइन । केही दिनमै आफ्नो परिवारका केही सदस्यहरु लगायतको टोली बारपाक जाने तयारीमा रहेको बताउदै पुनले यदि कोही इच्छुकहरुले नगद वा जिन्सी सहयोग गर्न चाहानुभएमा आगामी शुक्रवार सम्मममा आफूहरुलाई सम्पर्क गर्न अनुरोध गरेकी छिन् । त्यस्तै नेपालमा सिरक, कम्वल लगायतका न्यानो कपडाहरु सहयोग गर्न चाहेमा आशिष पुन मगर (The Magar’s Creation काठमाण्डौ) – 9843770385. मा सम्पर्क गर्न सकिने बताएकी छिन् ।

मगर संघ इजरायलकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी समाजसेवी विष्णु पुनले गएका बर्षहरुमा पनि आफ्नो र आफ्नो हजुरवुवाको जन्म दिनको अवसर पारेर मानविय सहयोगहरु गर्दै आइरहेकी छिन् । उनका हजुरवुवा अहिले ९०औ बसन्त पार गरी ९१ बर्षमा लागेका छन ।

केही समय अघि संचारमाध्ययमहरुमा गोरखाको बारपाकमा रहेका भुकम्प पिडितहरुको अधिक चिसोका कारण कन्तविजोग भएको र उनीहरुको उद्वारकोलागि उद्वार टोली पनि जान नसकेको भन्ने खवरहरु सार्वजनिक भएको पढेपछि त्यहाँ सहयोग गर्ने इच्छा जागेको बताइन् । उनले इजरायलमा रहेका अन्य संघ संस्था तथा सहयोगी मनहरुलाई पनि आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न आह्वान गरेकी छिन् ।

केही अघी मात्र बिदेशमा संघर्ष गर्दै गरेकी अर्की आदिवासी नेपाली चेली सरीन तमाङले पनि भुकप्म्पीडितको लागि राहत सहयोग गरेकी थिईन जसको सर्वत्र प्रसन्सा गरिएको थियो भने त्यसको ठीक बिपरित नेपाली राष्ट्रप्रमुख बिधा भण्डारीले आपतमा परेका मानिसलाई मानविय सहयोग नगरी भारतीय पूजारीलाई देउताको नाम पारी एक महिनाको तलब दिने घोषणा गरी सबैको आलोचनाकी पात्र बनिन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %