राज्यसत्ता,
काठमाण्डौ, पुस २६ नेपाल मगर पर्यटन समाजको चौथो साधारण सभा आज काडमाण्डौको वेल्नेस अर्गानिक क्लब( –मेट्रोर्पाक) उत्तरढोका, लाजिम्पाटमा सम्पन्न भयो ।

कार्यक्रममा आर्पुति मन्त्री गणेशमान पुन मगर प्रमुख अतिथी थिए । बिषेस अतिथीमा भूपू प्रहर िमहानिरीक्षक कुबेर सिंग राना मगर,भूपू मन्त्री कमला रोका मगर, नेपाल मगर महिला संधका केन्द्रिय अध्यक्ष गंगा खासु मगर थिए भने अतिथीहरुमा नेपाल मगरसंघ संग आबद्ध संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु थिए ।

प्रमुख अतिथी पुनले नेपाल मगर पर्यटन समाजलाई एउटा गहनाकोरुपमा नभई डाईनामिकको रुपमा अगाडी आउन अनुरोध गर्दै शुभकामना दिए । कार्यक्रममा भूपू आइजिपी कुबेर सिंग राना मगर,गंगा खासु मगर लगायतले शुभकामना मन्तबय दिएका थिए ।
समाजलाई बिषेस योगदान दिए बापत समाजका सललाहकारहरु मेखबहादुर आले मगर,रीसी रना मगर,महेन्द्रध्वज राना मगर,नरेन्द्र कुमार थापा मगर,उजिर मगर र किरन पुन मगरलाई मन्त्री पुनले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए । साथै समाजले प्रकाशीत गरेको २०७२को डाईरेक्टरी पनि मन्त्री पुनले बिमोचन गरेका थिए ।
कृष्ण बहादुर मगरको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सस्थाका महासचिब राजकुमार थापा मगरले कार्यक्रम सन्चालन गरेका थिए । नेपाल मगर पर्यटन समाजमा ट्राभल,टे«किंग,राफ्टिंग र होटल गरी हाल सम्म ७५ वटा ब्यबसाहीहरु आबद्ध रहेको सस्थाका कोषाअध्यक्ष गायीत्री राना मगरले राज्यसत्तालाई जानकारी दिए ।
चौथो साधारण सभाले देहायबमोजिमको पदाधिकारी र सदश्यहरु निर्बीरोध चयन गरेको छ ।
अध्यक्ष अरुण बहादुर थापा मगर
प्रथम उपाध्यक्ष तिलक बहादुर थापा मगर
दित्तिय उपाअध्यक्ष राज कुमार थापा मगर
महासचिब अनुप थापा मगर
सचिब महेश बुढा मगर
कोषाअध्यक्ष गायीत्री राना मगर
सहकोषाअध्यक्ष कर्णबहादुर राना मगर
सदस्यहरु
भुपाल मगर,दिल थापा मगर,जितेन्द्र झाक्री मगर,जिवन थापा मगर, कमल मगर,र हेम कुमार रामजाली मगर चयन भएका छन ।
