नेपाल मगर संघ इजरायलले माघेसंक्रान्ति पर्ब मनाउदै

Read Time:1 Minute, 28 Second

माया घले मगर
इजरायल ,
नेपाल मगर संघ इजरायलले अगामी जनवरी-१५ तारिख सुक्रबारको राती 32,lebanda-Tel aviv स्थित पार्टी हलमा माघेसंक्रान्ति कार्यक्रम आयोजना गर्ने भएको छ ।


संघका अध्यक्ष बसन्त रासकोटीमगरको अध्यक्षतामा सन्चालन हुने उक्त कार्यक्रममा मगर सन्स्कार , संस्कृति मगर भेषभूषा बचाएर राखौ ”बिश्व भरका मगरहरू एक हौ’ भन्ने नारा हुने छ । कार्यक्रममा मगर गीत ,नाच साथै नेपाली खाना,सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुतका प्रतिनिधिको उपस्थिती हुने जनाइएको छ भने आदिबासी जनजाती संघ सस्थाका पदाधिकारीहरुको समेत उपस्थित हुने छ ।

कार्यक्रमलाई सभ्यता र भव्यताका साथले सफल पार्नको लागि नेपाल मगर संघ इजरायलले इजरायलमा कार्यरत सम्पूर्ण मगर दाजुभाइ/दिदीबहिनीहरुलाई आफ्नो भेषभूषाको साथमा कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाई दिनको लागि हार्दिक अनुरोध गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %