घले समाज (लील फङ )जापान शाखा गठन

Read Time:1 Minute, 36 Second

जापान
जापानमा बसोबास गरी रहेका घलेहरुले घले समाज (लील फङ )जापान शाखा गठन गरेका छन । नेपालबाट जापान आएर बिभिन्न पेसा तथा ब्यबसाय गर्दै आइरहेका घलेहरुले घले जातीको छुट्टै पहिचान र अस्तित्व रक्षाको निमित्त संगठन हुनु पर्ने जनाउदै जापानमा घलेहरुले एक भेलाको आयोजना गरी पुणें बहादुर घलेको अध्यक्षतामा १३ सदस्य घले समाज (लिल फङ) जापान शाखा गठन गरेका छन ।

आपनै भाषा तथा संस्कृति भए पनि घलेहरुलाई गुरुङको एक थर मान्दै आएको करण छुट्टै अस्तित्वको लागि घलेहरुले संघर्श गर्नु परेको नवनिर्वाचित अध्यक्ष  पूर्ण घलेले बताए ।

समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा चित्र बहादुर घले, सुरेन घले, गिता घले, विपिन घले, महासचिव मनबहादुर घले, सचिव होम घले, कोषाध्यक्ष अशोक घले, सहकोषाध्यक्ष काशिश घले तथा सदस्यहरु तारा घले, हस्त घले, संजोना तथा विपियम घले रहेका छन् ।

त्यस्तै प्रमुख सल्लाहकारमा अरुण घले तथा केश घलेलाई मनोनित गरिएको छ । गठित समितिले घलेहरुको छिटै भेला बोलाएर नयॉ योजनाकासाथ अघिबढ़ने जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %