माया घले मगर
बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत शेर्पा समुदायहरुको संस्था शेर्पा संघ इजरायल द्वारा २१४३ औ मे फो टे-लो ग्याल्बो लोसार तेलअविव शहर स्थित याद हारुत्सियम स्ट्रिट ११ Yad Harutzim st. 11 मा रहेको पार्टी हलमा भव्यताको साथ मनाउन गईरहेको जानकारी शेर्पा संघ, इजरायलले जानकारी दिएको छ ।ग्याल्बो लोसारको पाबन अबसरमा शुभकामना आदानप्रदान गर्ने हेतुले शेर्पा संघ इजरायलको आयोजकत्वमा आयोजना हुन गइरहेको लोसार साँझ – २०७२ कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार युवा गायक छिरीङ शेर्पा र छोङबा शेर्पा साथै बिभिन्न सांस्कृतिक मनोरन्जनात्मक गतिबिधीहरुका साथमा भब्यताका साथ मनाउन गइरहेको हुँदा समस्त इजरायलबासी शेर्पा दाजुभाइ तथा दिदीबहिनी लगायत इजरायलबासी नेपालीहरुमा लोसार कार्यक्रममा सहभागिताको लागि हार्दिक आमन्त्रण गरेको छ ।
शेर्पा संघ, इजरायल द्वारा दिएको जानकारी अनुसार सस्कृति परम्परा रितीथितीले समुन्नत हामी देश नेपाल देखी टाढा रहेर पनि आफ्नै भाषा आफ्नै भेषभूषा अनि आफ्नै संस्कृतिको माया असाध्यै लाग्दो रहेछ । देशको माया, आफ्नो आफन्तको माया अनि आफ्नो कला, भाषा र संस्कृतिको माया कति लाग्छ जब परदेशमा हुन्छौ तब थाहा पाइदो रहेछ । तिनै न्यास्रोपन, एक्लोपन र आफन्तको कमीपनलाई टाढा बनाउनको निम्ती आउँदै छौ तपाईंहरु माझमा लोसार आझ २०७२ लिएर साथै संस्था द्वारा लोसार साँझ कार्यक्रममा आफ्नो कला प्रस्तुतीहरुलाई देखाउन प्रस्फुटन गराउन चाहनु हुन्छ भने नृत्य, गायन अथवा अन्य कुनै मनोरन्जनात्मक बिधामा पोख्त हुनुहुन्छ भने संपर्क गर्नु हुन समेत इजरायलवासी स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभालाई दर्शक सामु मुल्याङ्कन गर्ने मौका दिनुस् भनेर आग्रह गरेको छ ।
लोसार कार्यक्रमको टिकट बुकिङ शुरु भईसकेकोले सम्पर्क गर्नु हुन र प्रवेश शुल्क २२० सेकेल रहेको जानकारी समेत दिएको छ ।