१९ औं वार्षिकोत्सव एवं नवनिर्मित स–फुं–ति क्होइबो धिंको उद्घाटन

Read Time:1 Minute, 29 Second

पोखरा, १६ पुस
बोनमार्गी तमु प्ये ल्हु संघ एकाइ समिति, सार्दीखोला–९, चौराको १९ औं वार्षिकोत्सव तथा नवनिर्मित स–फुं–ति क्होइबो धिंको उद्घाटन सम्पन्न भएको छ ।
तमु प्र–ल्होसारका अवसरमा आयोजित कार्यक्रममा तमु प्ये ल्हु संघका संस्थापक केन्द्रीय अध्यक्ष ज·बहादुर ल्हेंगे तमुले नवनिर्मित क्होइबो धिंको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संघका केन्द्रीय कानुनी सल्लाहकार कर्णबहादुर तमु, नेपाल स्वतन्त्र मदजुर संघका केन्द्रीय सचिव कर्णसिंह तमु, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सार्दीखोलाका अध्यक्ष कृष्णबहादुर तमु, क्ल्हेप्री गुरु सु. आशबहादुर तमु, पच्य गुरु कुल प्हच्यु तमु, जिल्ला सदस्य तोजबहादुर तमुलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा नवनिर्मित स–फुं–ति क्होइबो धिं निर्माणका लागि पाँच हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने १७२ जना भन्दा बढी व्यक्ति÷रिं च्हमी÷भाइखलक तथा अन्य संघसंस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %