देवदहमा व्यापारिक मेला हुँदै

Read Time:2 Minute, 46 Second

गोविन्द घर्ती पौष १८ । रुपन्देहीको देवदहमा दोश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७२ हुने भएको छ । यही फागुन १८ देखि २९ सम्म देवदह उद्योग बाणिज्य संघको आयोजनमा महोत्सव हुने भएको हो । देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिईएको हो । सो अवसरमा बोल्दै देवदह उद्योग वाणिज्य संघका अध्यक्ष्ँ गोपाल ढकालले व्यापार मेलामा कृषि र पर्यटनलाई बढि जोड दिईने बताउनु भयो । अध्यक्ष ढकालले महोत्सवको अवसरमा पर्यटकलाई देवदह क्षेत्रमा रहेको ऐतिहासिक स्थलहरुको अवलोकनको लागि व्यवस्था गरिने बताउनु भयो । महोत्सवमा करिव ३ सय स्टल रहने, ५ लाखले अवलोकन गर्ने र करिव १० करोड बरावरको आर्थिक कारोवार हुने जनाएको छ । पर्यटकीय रुपमा देवदहलाई विकास गर्ने, द’ध उत्पादक कृषकहरुलाई प्रोत्साहन गवर्ने, अर्गानिक तरकारी कृषकहरुको प्रवद्र्धन गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर गराई साना तथा घरेलु उद्योग र व्यापारलाई प्रवद्र्धन गर्ने, यस क्षेत्रका सांस्कृतिक प्रतिभाहरुको खोजी गरी राष्ट्रिय स्तरमा परिचित गराउने मुख्य उदेश्य रहेको संघका महासचिव प्रमोड खनालले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने समेत उहाले बताउनु भयो । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष्ँ गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द टठ्राई, देवदह व्यापार संघका महासचिव माधव ढकाल, संघका महासचिव प्रमोड खनाल लगायतले बोल्दै महोत्सव संचालनको लागि पुर्वाधार नहुदा लाखौ रुपैया खर्च हुने हुदा सम्पूर्ण मिलेर महोत्सव स्थलको पुर्वाधार निर्माण गर्न लाग्नुपर्नेमा जोड दिएका थिए । संघका सचिव हरी भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %