स्व. भडारी मगरको सम्झनामा शोक सभा

Read Time:2 Minute, 25 Second

सोनु थापा मगर

बुटवल । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका क्रियाशिल संस्थापक सदस्य एवं हाल रुपन्देही क्षेत्र नं ३ का सदस्य बुटवल उपमहानगरपालिका वडा नं – १७ सेमलार उजेलापुर निवासी स्व. गिरीप्रसाद भडारीमगरको निधन भएको ९ औं दिनको पुण्य तिथिमा बिहीबार शोक सभा गरिएको छ ।

संघीय गणतान्त्रिक जनमुक्ति पार्टी साविक सेमलार गाविस र नेपाल मगर संघ जिल्ला समिति,रुपन्देहीले संयुक्त रुपमा उहांकैं निवास उजेलापुरमा शोक सभा गरेको हो । शोक सभामा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी,रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ,नेपाल मगर संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा,पार्टी रुपन्देही क्षेत्र नं ३ का अध्यक्ष छत्र दर्लामी लगायतले बोल्दैं स्व.भडारीको निधनले पार्टी र संघलाई अपुरणिय क्षती पुगेको बताए । उनीहरुले भडारीले बोकेको विचारलाई सार्थकतामा पु¥याउन पार्टीले सधै लडीरहने बताएका थिए । पार्टीले उहाँ जस्ता युवाहरुको योगदानको मुल्याङ्कन गर्नु पर्ने समय आएको धारणा समेत राखेका थिए । कार्यक्रम साविक सेमलार गाविसका संयोजक समाजसेवी देविराम गाहाको अध्यक्षता तथा पार्टी जिल्ला सदस्य हेमबहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । स्थायी समिति सदस्य अशोक पून , संघीय परिषद् सदस्य कमला थापा , लुम्बिनी राज्य परिषद्का उपाध्यक्ष धनी आले , नेपाल मगर संघका जिल्ला उपाध्यक्ष गीता सारु मगर , नेपाल मगर संघ तिलोत्तमा नगर समिति उपाध्यक्ष लिलमाया राना मगर लगायतका समाजसेवीहरुको उपस्थितीमा शोक सभा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %