३/८ गोर्खा बटालियनले मनायो आफ्नो स्थापना दिवस

Read Time:1 Minute, 37 Second

बुटवल । ३/८ गोर्खा बटालियन पूर्व सैनिक संघ,बुटवलको आयोजनामा शुक्रबार बुटवलमा पल्टनको ५४ औं स्थापना दिवस (राइजिङ डे ) मनाइएको छ । संघले बुटवलमा भव्य कार्यक्रमको आयोजना गरि ३/८ गोर्खा बटालियनको स्थापना दिवस मनाएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरुले बटालिएनको स्थापना र यसले गरेको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि हवलदार बयोबृद्ध जयबहादुर राना,बुटवल –४ स्थित फुलबारी पेन्सन क्याम्पका सुवेदार मेजर ÷ हनेरी क्या.पदमप्रताप जी.सी.संघका सल्लाहकार चन्द्रबहादुर गुरुङ, नालन शर्मा,नरकाजी गुरुङ,खड्गबहादुर थापा लगायतले बोल्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष क्या.रामप्रसाद गुरुङको अध्यक्षता र सचिव टेकबहादुर राना(गुरुङ)को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देही,नवलपरासी,पाल्पा,कपिलवस्तु र चितवनका ३ /८ गोर्खा बटालियनका पूर्व सैनिक परिवारको सहभागिता रहेको थियो । कार्यक्रममा एकल वीर नारी र जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पल्टनको स्थापना सन् १९६३ साल जनवरी १ तारिखमा भएको हो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %