ल्होसारको अवसरमा भाषा, सन्स्क्रितीको संरक्षणमा राज्यको भूमिका हुनु पर्नेमा जोड -वक्ताहरु

Read Time:3 Minute, 45 Second

गोविन्द घर्ती पौष १५ ।

नेपालमा बोलिने सम्पूर्ण जातिय भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न एकतावद्ध भएर लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले सम्पूर्ण भाषा, संस्कृतिको संरक्षण विना कसैको विकास हुन नसक्नेमा जोड दिएका थिए । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिद्धारा २५९९ औं ल्होसार पर्वको अवसरमा देवदहको शितलनगरमा आयोजित सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै तमु भाषा तथा लिपिका अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष वालनरसिंह गुरुङ्गले सम्पूर्ण जातिहरुको भाषाको संरक्षण गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । उनले भाषा विनाको कुनै पनि जातिको पहिचान हुन सक्ने हुदा राज्यको लगानी लगानी गर्नुपर्नेमा जोड दिए । जारी संविधानमा आदिवासी जनजातिहरुको अधिकार समेटिए पनि त्यसको कार्वान्वयनको लागि सवै एकजुट हुनु पर्ने उहाले बताए ।

तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिका अध्यक्ष टौबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका केन्द्रिय निर्देशन तथा अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, नेकपा एमालेका जिल्ला सदस्य रेवती घले, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमाले देवदहका उपाध्यक्ष खैराज शर्मा, क्रान्तिकारी माओवादीका मेघनाथ पौडेल, एमाओवादीका केशव पुन, राप्रपाका तुल्सीराम काप्mलेले बोल्नु भएको थियो । त्यसैगरी नेपाल मगर संघ देवदहका उपाध्यक्ष शोभा थापा, कुमाल सेवा समाज देवदहका अध्यक्ष शिव कुमाल, थारुकल्याण कारिणी सभाका दिनेश चौधरी, लायन्स क्लव देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेल, मगर संघका सल्लाहकार पदम थापा, देवदह खानेपानीका जसमान गुरुङ्ग, देवदह बौद्ध सेवा समाजका दलबहादुर पाईजा, गाउ वन समन्वय सञ्जाल देवदहका खेमनारायण अधिकारी, देवदह उद्योगा वाणिज्य संघका मिना श्रेष्ठ, देवदह उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, वीरबहादुर गुरुङ्ग लगायतले बोल्दै अधिकारको लागि सम्पूर्ण गुरुङ्गहहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जातीय पहिचान सहीतको विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । उपाध्यक्ष बोमबहादुर गुरुङ्गको स्वागत, सचिव विद्यालक्ष्मी गुरुङ्ग र रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %