क्षमता बढी यात्रु राख्दा दुर्घटना भएको भन्दै चालक थुनामा

Read Time:1 Minute, 39 Second

देब पचभैया

पाल्पा, पुस १५ गते
क्षमताभन्दा बढी यात्रु राखेर सडक दुर्घटना भएको भन्दै पाल्पामा एक जना सवारी चालक पूर्पक्षका लागि थुनामा परेका छन् । गत २०७२ मङ्सिर ११ गते झडेवाको चन्देनी भन्ने स्थानमा भएको दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै पाल्पा अदालतले चालकलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

लु १ ज १९२२ नम्बरको जीप चालक झडेवा–१, का २७ वर्षका तुलबहादुर रेग्मीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । जीपको क्षमताभन्दा अत्याधिक यात्रु राखेका कारण जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए ।

यस्तै शिशुलाई जन्म दिई मार्ने युवतीलाई समेत पूर्पक्षका लागि थुनामा राख्न पाल्पा अदालतले आदेश दिएको छ । २०७२ मङ्सिर ११ गते राती शिशुलाई जन्म दिई शिशुको हत्या गरी फाल्ने सिलुवा–६, की १९ वर्षिया श्रीकला श्रेष्ठ पूर्पक्षका लागि थुनामा परेकी जिल्ला अदालत पाल्पाका श्रेष्तेदार उत्तम सिल्वालले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %