एन आइ न्यूज इजरायल ,
किराँत राई यायोक्खा नेपाल इजरायलले गत २५ डिसेम्वर शुक्रवार तेलअभिवको यसोधामाला मार्ग २० स्थित एउटा हलमा एक भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथ साकेला उधौली पर्व तथा किरात सम्वत ५०७५ मनाएका छन् ।
किराँत राई यायोख्खा नेपाल-इजरायलका अध्यक्ष वाल कुमार राईको सभापतित्व तथा इजरायलकालागि नेपाली राजदूत प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष दिपक ओलीको विशेष आतिथ्यता रहेको थियो भने इजरायलमा रहेका विभिन्न जातिय तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा विभिन्न वेब बेस मिडियाकर्मीहरु तथा उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै किरात राई यायोख्खा नेपाल-इजरायलका सचिव सुनिल राईले साकेला उधौली पर्वको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रममा मन्तव्य राख्ने क्रममा उपाध्यक्ष दिप कुमार राईले उधौली साकेला, उभौली साकेला पर्वको वारेमा विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै महामहिम राजदूत प्रसाईले आफ्नू जन्मभूमीबाट टाढा रहेपनि आफ्नो मौलिक धर्म, संस्कृतीको संरक्षण गर्दै त्यसको सम्वम्वर्धनमा समेत टेवा पुग्ने गरी किराँत राई यायोख्खाद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै संस्थाका अध्यक्ष वाल कुमार राई लगायत सम्पूर्ण संस्थालाई हार्दिक वधाई ज्ञापन गरेका थिए । रादूत प्रसाईले उधौली साकेला पर्व नेपाली सांस्कृतिक फाँटमा अत्यन्तै महत्वपूर्ण चाडको रुपमा रहिआएको बताए ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति वाल कुमार राईले आफ्नो व्यस्त समयको वावजुध पनि कार्यक्रममा उपस्थित भएकोमा राजदूत प्रसाई लगा.त सम्पूर्ण जदूतावास परिवार प्रति हार्दिक आभार प्रकट गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सम्पन्न गर्न उल्लेख्य भुमिका निर्वाह गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, कलाकारहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
किराँत राईहरुको मौलिक भेषभुसा तथा अन्य जातजातिका मौंलिक भेषभुसामा सजिएका संस्कृति प्रेमी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवातमा किरात राई यायोख्खाका संस्थापक सदस्य नितेश राई सिल्लिमाङ्प (नेतृत्व) रहेको साकेला सिल्ली (उधौलि नृत्य) प्रस्तुत गरिएको थियो ।
संस्थाकी महासचिव वविना राईद्वारा अत्यन्तै मनोरञ्जनात्मक शैलीमा संचालन गरिएको उक्त कार्यक्रममा कार्यक्रम संचालनको क्रममा उद्घोषिका वविना राईले उधौली साकेला पर्व, किराँत राईहरुका विभिन्न नृत्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरुको साथमा प्रसादको पनि व्यवस्था रहेको थियो ।