दुबै मृगौला फेल भएका गणेश कुवर द्धारा सहयोगको आग्रह

Read Time:2 Minute, 22 Second

पाल्पा, पौष १०

दुबै मृगौला फेल भएका खस्यौली ३ सिरुखर्क पाल्पाका ३५ बर्षिय गणेश कुवर (क्षेत्री) ले सबै संग सहयोगको लागी आग्रह गरेका छन ।
डेढ बर्ष पहिले देखि मृगौलामा समस्या आएको र उपचार गर्दा चार लाख बढी खर्च भैसकेको उनको भनाई छ ।
डाक्टरले अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेको तर आफु संग त्यसको लागी आबश्यक १२ ÷१५ लाख रकम नभएकोले सबैको सहयोगको आशा गरेको उनको भनाई छ ।
पत्रकारहरु संगको भेटमा शुक्रबार बिहान उनले आफु बाच्न चाहेको तर उपचारको लागी खर्च नभएर त्यसै बसीरहेको जानकारी दिए ।
आफ्नो आय स्रोत नभएको, गाउमा रहेको जग्गा जमिन बेचेर पनि उपचारलाई नपुग्ने भन्दै उहाले सबै सबैको सहयोग पाए नया जिवन पाउने बिश्वास ब्यतm गरे ।
तानसेनको बिशाल बजारमा भान्जा खाजा घर संचालन गरेका उनले रोगले च्याप्दै गएपछि पसल समेत बन्द गर्नुपरेको बताए । सहयोगको लागी रसिद छपाएको भन्दै उहाले हिमालयन बैङ्क पाल्पा शाखामा रहेको आफ्नो खाता नम्बर ०२२०२११३५९००१६ मा पनि रकम जम्मा गरेर सहयोग गरिदिन सबै संग अपिल गरेका छन ।
२०६६ सालमा बिरामी भएर २० दिन सम्म अस्पताल बसेको र त्यही बेला खाएको औषधीले अहिले दुबै मृगौलामा असर गरेको डाक्टरले भनेको उनले जानकारी दिए ।
गाउमा बुढा बाबा आमा मात्रै रहेको र श्रीमती र दुई छोरा छोरी लाई पाल्नु पर्ने बेला आफै बिरामी पर्दा घरको अवस्था समेत बेहाल बनेको उनले दु:खेसो पोखे ।
गणेशका बुवा यम बहादुर कुृवरले दुई छोरा मध्ये कान्छो छोराको गत बर्ष दुर्घटनामा ज्यान गएको र जेठा छोरालाई पनि अहिले यस्तो समस्या आएको भन्दै सबै संग सहयोगको लागी आग्रह गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %