संघियता संग मन्त्री पद किनेको हैन ः उपप्रधान मन्त्री केसी

Read Time:4 Minute, 34 Second

सरकारमा गएर बिटुलो नभएको दाबी
देब पचभैया
पाल्पा, पौष १०
उपप्रधान तथा गरिबि निबारण एबं शहकारी मन्त्री चित्र बहादुर केसीले अहिले मुलुकले भोगेको संकट बाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन् ।परनिर्भरतालाई अन्त्य गर्दे आफ्नै खुट्टामा नउभिने गरेको फल स्वरु अहिले कष्ट भोग्नु परेको भन्दै उनले आफ्नो निर्णय आफै गर्न पाउनुपर्छ भनेर २०७२ सालको संबिधान निर्माण गरेको दाबी गरे ।


राष्ट्रिय जनमोर्चा पाल्पाले शुक्रबार बिहान तानसेन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनैतिक पार्टी र नेताहरुमा रहेको पदलोलुपताले गर्दा अहिलेको समस्या बल्झिएको दाबी गरे । केही गरि दक्षिणको बिरोध भयो भने ससद पद जान्छ मन्त्री पद जान्छ भनेर नेताहरुले अड्कलेर बोल्ने गरेको उनको आरोप छ ।
सडकमा रहदा र सरकारमा छदा पनि देश र जनताकै पक्षमा आवाज उठाएको भन्दै उनले सरकारमा गएर आफु बिटुलो नभएको बताए । सरकारमा कहिल्यै नजाने भन्ने पार्टीको निति नभएको भन्दै उनले सरकारमा नजादा पनि किन नगएको भन्ने, चिया ख्वाउन पनि छोड्ने तर सरकारमा गएपछि पनि किन गएको भनेर प्रश्न गर्न नमिल्ने उनको भनाई छ । बर्तमान समस्या समाधानको लागी आफु सरकारमा सामेल भएको भन्दै राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका केसीले संघियता संग मन्त्री पद नसाटेको जिकिर गरे । मुलुको राज्य पुर्नसंरचना संघियताकै आधारमा अघि बढेकाले समस्या उब्जिएको उनको दाबी छ ।
पहिले संघियताको ठेक्का लिएर हिडेकाहरुले संघियतालाई स्थगित गर्नुपर्ने, संघियतालाई बिचार गर्नुपर्ने भन्न थालेको भन्दै उनले संघियताले देश यो स्थितीमा पुर्याएर भनेर सारा संसारले बुझ्न थालेको उनको भनाई छ । आफुले सम्हालेको मन्त्रालयलाई अरुले नै चलाईदिएको मन्त्री केसीले गुनासो गरे ।

शहकारी तथा गरिबि निबारण मन्त्रालयका कोषहरु प्रधानमन्त्रीका मातहतमा, कोही अर्थमन्त्रालयका कोही स्थानिय बिकास मन्त्रालयका मातहतमा छरिएर रहेकाले आफ्नो मन्त्रालय अरुले नै चलाईदिएको उनको भनाई छ ।
गरिबी निबारणको लागी राखेको कोष सहकारी मन्त्रालयमा आउनुपर्छ भनेर आफुले दबाब दिईरहेको भन्दै उनले २०४८ को एैन अनुसार चलिरहेको सहकारीलाई ब्यवस्थित गराउन मन्त्रालयले एैन ड्राफ्ट गरेर कानुन मन्त्रालयमा पठाएको जानकारी दिए ।
दिनहु जसो सहकारीबाट ठगिएकाहरुको गुनासो सुन्नुपरिरहेको भन्दै उनले गाउ भन्दा सहरका सहकारीहरुले जततालाई ठगेको आरोप लगाए ।
तराईमा चलेको आन्दोलन २२ वटै जिल्लालाई पहाड बाट अलग्याएर मधेशमा मिसाउने खेल भएको उनको आरोप छ । मधेसी मोर्चाले उठाएको जनसंख्याको आधारमा निर्बाचन क्षेत्र बनाउने कुरा उतैतिरबाट संसदमा बहुमत पुर्याउन चाल रहेको उहाले दाबी गरे ।
भारतको स्थानिय निर्बाचन चुनाब हारेका पनि नेपालमा सासद बनेको भन्दै उनले आफुले पटक पटक ससद, संबिधान सभा, राज्य ब्यवस्था समिति, प्रधानमन्त्री , सभामुख सबै संग भनेपनि कसैले नसुनेको उनको भनाईछ ।
नया संबिधानको बारेमा धौलागिरी अंचलका जनतालाई जानकारी दिन बाग्लुङ्ग जान हिंडेका उपप्रधानमन्त्री केसी शुक्रबार पाल्पा पसेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %