पाल्पाको दोभान र मस्याल क्षेत्र कमजोर बन्दै छ ः भुगर्भबिद

Read Time:3 Minute, 32 Second

देब पचभैया
पाल्पा, पौष १०
चुरे र महाभारतको जोर्नी परेकाले पाल्पाको दोभान, मस्याम लगायतका क्षेत्र कमजोर बन्दै गएको भूगर्भविद्हरुको अध्ययनले देखाएको छ । सिद्दार्थ राजमार्गको चिडियाखोलादेखि डुम्रो झण्डै १८ किलोमिटर क्षेत्रमा बढी पहिरो खस्ने, ढुंगा खसेर वर्षेनी मानवीय क्षति हुने पनि यही कारण भएको अध्ययनले देखाएको छ ।
त्रिचन्द्र क्याम्पस काठमाडौ भुगर्भ विभागका प्राध्यापक, डाक्टरहरुको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो । प्राध्यापक डाक्टर सुवोध ढकाल, प्रा.डा. प्रेमबहादुर थापा, जापानी भुगर्भशास्त्री प्रोफेसर साकाई लगायतले गरेको अध्ययनले पनि यही कुराको पुष्टि गरेको छ । चुरे र लेसर हिमालयका साथै महाभारत क्षेत्रमा डोलोमाइट रहेको छ । यही क्षेत्रमा चुरे र महाभारतको जोर्नी पर्छ । त्यसैले पनि यही क्षेत्र कमजोर बनेको हो । प्राध्यापक डाक्टर ढकाल भन्छन ‘यस क्षेत्रमा बाढी, पहिरो र भुँईचालोको खतरा बढी रहेको छ ।’
असजिलो खालको संरचना र मानवसँगको सम्बन्धलाई हेर्दा पनि बढी क्षति यही क्षेत्रमा भएको उनले बताए । उनले त्यसैले पनि यस क्षेत्र भुगर्भशास्त्रीहरुको अध्ययनकालागि उपर्युक्त थलो भएको बताए ।
नेपालबाट मात्र होईन, विदेशबाटसमेत यस क्षेत्रको भूगोलका विषयमा अध्ययन गर्न आउने गर्छन् । जापानी प्रोफेसर साकाईले यस क्षेत्रको भूगोलका विषयमा पिएचडी नै गरेका छन । उनी जस्ता धेरैले आएर अध्ययन गरेका छन् । अध्ययनपछिका केही निष्कर्ष बाहिर आएपनि अधिकांश प्रतिवेदन र सोधपत्रमै थन्किएका छन् । यहाँ २२ वर्षदेखि त्रिचन्द्र क्याम्पसको विएस्सी अन्तिम वर्ष भुगर्भ विभागबाट विद्यार्थीलाई अध्ययन गर्नसमेत ल्याउने गरिन्छ ।
बिएस्सी चौथो वर्षका विद्यार्थी संजीव थापाले भने , ‘तिनाउ र डुम्रे खोलामा पहिरो कसरी गएछ ? भुक्षय हुनुको कारण ? पहिरो जानुको कारण ? पहिरो कति लामो छ ? कति चौडाईमा गएको छ ? कस्तो ढुंगा माटोले पहिरो खसेको रहेछ ? कस्ता ढुंगा छन् ? बलिया छन् कि नरम् ? यी र यस्तै कुराको व्यवहारिक अध्ययन गर्दैछौ ।’ उनले तिनाउ खोला र यहा गएका पहिरोको अध्ययनलाई व्यवहारिक ज्ञान लिएको बताए । अहिले क्याम्पसबाट व्यवहारिक ज्ञानकालागि आएका ८८ जना विधार्थी र ५ जना प्राध्यापक यसपटक पनि अध्यनन गरिरहेका छन् ।उनीहरुले वुटवलकोचिडियाखोला देखि स्याङजाको मालुङ्गा क्षेत्रसम्म अध्ययन गर्दा यस्तो अनौठा भूभाग देखेको बताएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %