सामाजिक बिकास केन्द्र पाल्पाको २६ औ साधारण सभा सम्पन्न

Read Time:4 Minute, 49 Second

देब पचभैया

पाल्पा, ९ पुस ।

सामाजिक स्रोत विकास केन्द्र, नेपाल पाल्पाको २६ औ साधारण सभा बिहिबार तानसेन श्रीनगरडाँडामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेयले गैरसरकारी संस्थाहरु पारदर्शी बन्दै समाजमा सुशासनको प्रत्याभूति दिनेतर्फ अग्रसर हुनुपर्ने बताए । पाण्डेयले सुशासन र पारदर्शीका कुरा गरेका गैरसरकारी संस्थाले आफु भित्रको पनि पारदर्शीलाई ध्यान दिन आग्रह गरेका थिए ।

जिल्ला विकास समितिले गैरसरकारी संस्थाहेर्ने छुट्टै डेस्क निर्माण गरेको बताउँदै सामाजिक स्रोत विकास केन्द्रले गर्ने कामहरुको बारेमा आफु जानकार रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थ रेग्मीले गैर सरकारी संस्थाहरुको कार्यले गर्दा नै सरकारी निकायलाई सहयोग पुगेको बताए ।
पाण्डेयले पाल्पामा सामाजिक स्रोत विकास केन्द्र नेपाल पूरानो संस्था भएकाले यसले गर्ने कामकारबाही पारदर्शी र सुशासनलाई ध्यान दिएको बताए । नेपाली कांग्रेसका जिल्ला सभापति बीर बहादुर रानाले लोकतन्त्र, सुशासन र अधिकारकालागि काम गरेको संस्थाले जनताको जिवनस्तर उकास्ने खालको कार्यक्रम गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका धनेन्द्र घिमिरेले जनताको माझमा आयआर्जनका कामका साथै स्थानीय अधिकारको क्षेत्रमासमेत काम गरेको सामाजिक स्रोत विकास केन्द्रले आफ्नो छुट्टै पहिचान बनाएको बताए । एमाओवादी सचिव नरसिं रानाले स्थानीय तहमै लोकतन्त्रलाई जागृत गराउन संस्था सहयोगी बनेको बताए ।
कार्यक्रममा राप्रपा अध्यक्ष डुल बहादुर कुवर, राष्ट्रिय जनमोर्चा अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, नेकपा क्रान्किारी माओवादीका गिर बहादुर थापाले गैरसरकारी संस्थाहरुले गर्ने कामलाई अझ पारदर्शी र जनतामुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै, कार्यक्रममा सामाजिक स्रोत विकास केन्द्र नेपालका पूर्व अध्यक्ष अशोक कुमार शाही, महिला विकास अधिकृत तुलसा अर्याल, गैरसरकारी संस्थाका अध्यक्ष भेषराज तिमिल्सेना, कसेनी गाविस सचिव रेवतीरमण ज्ञवाली, ग्राम्य उच्च मावि विद्यालय व्यवस्थापन समिति सदस्य कुलप्रसाद ढुंगाना, कालिका ताजा तरकारी उत्पादक समूह बौघागुम्हाका प्रेमनाथ घिमिरे, गोपाल कुमाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अशोक कुमार शाही, भिमकला पाण्डेय, तुल बहादुर कुमाल, कुल प्रसाद ढुंगाना, प्रेमनाथ घिमिरे, जनप्रिय प्राविलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यक्रमका बारेमा प्रकाश पार्दै संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले अहिलेसम्म संस्थाले गरेका कामका बारेमा जानकारी गराएका थिए । संस्थाका लेखा अधिकृत सुमित्रा रानाले १ करोड ६८ लाख बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी थिइन । संस्थाका उपाध्यक्ष खुमबहादुर कुमालको स्वागत, सहसचिव राजेश श्रेष्ठको सञ्चालन र संस्थाकी अध्यक्ष मीना जीसीको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %